
हिक्मत नेपाली
कमलबजार, मंसिर २० ।
जनप्रतिनिधि र कर्मचारीका लागी असलशासन सकारात्मक सोच र नेतृत्व विकास सम्बन्धी एक दिने तालिम आज कमलबजारमा सम्पन्न भएको छ ।
कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको तालिममा नेपाल सरकारका पुर्व सुचना आयुक्त कृष्णहरी बास्कोटाले तालिममा प्रशिक्षण दिनु भएको हो । कार्यक्रमका प्रमुख अथिती समेत रहेका बास्कोटाले सकारात्मक सोच र नेतृत्व विकास सम्बन्धी महत्वपुर्ण बिषयबस्तु समेटेर कमलबजार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लाई प्रशिक्षण गराउनु भएको थियो ।
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले तालिमले आम जनताले कसरी शुसासन प्रत्याभुती गराउन सकिन्छ भन्ने बिषयमा महत्वपुर्ण सिकाई भएको र जनप्रतिनिधी तथा कर्मचारी लाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।
तालिममा सहभागी भए पश्चात जनप्रतिनिधिको तर्फ बाट बाल्दै कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले, तालिमले सेवाग्राहि तथा आम जनता संग कसरी मित्रवत व्यबहार गर्ने भन्ने सिकाएको र आगामी दिनमा तालिमले कार्य सम्पादनमा सजिलो बनाउने विचार व्यक्त गर्नु भयो ।
कमलबजार नगरपालिकामा कार्यरत कर्मचारी को तर्फबाट एम.आई. एस फिल्ड सहायक हिक्मत बहादुर नेपालीले आफ्नो बिचार राख्दै तालिमले कार्यलयबाट सम्पादन हुने काम लाई थप व्यवस्थित बनाउने भन्ने बिषयमा महत्वपुर्ण उपलब्धी भएको बताउनु भयो ।
कमलबजार नगरपालिकाको आयोजनाका भएको तालिमको सहजीकरण बास नेपालले गरेको थियो । तालिममा कमलबजार नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिकका सदस्य , प्रमुख प्रशासकिय अधिकृत ,पालिकाका विभिन्न बिषयगतशाखामा कार्यरत कर्मचारीको सहभागीता रहेको थियो ।