हिक्मत नेपाली
कमलबजार, मंसिर २१ ।
कमलबजार नगरपालिकाको आयोजनामा लैंगीक हिंशा बिरुद्धको १६ दिने अभियानको समापन समारोहमा मंसिर २४ गते देउडा प्रतियोगीता हुने भएको छ । पालिकाको महिला तथा वालबालिका शाखाले जानकारी गराए अनुसार प्रतियोगीतामा दश वटै वडाका देउडा टिमले सहभागीता जनाउने र सो प्रतियोगीतामा प्रथम हुने टिमले ६ हजार ,द्धितिय हुने टिमले ५ हजार र तृतिय हुने टिम लाई ३ हजार पुरस्कारको व्यवस्था रहेको महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुंगानाले बताउनु भयो ।
सहभागी सम्पुर्ण देउडा टिम लाई यातायात खर्च बाफत २ हजार नगद समेत प्रदान गरिने बताईएको छ ।
कमलबजार नगरपालिका कार्यालयको प्राङ्गणमा सम्पन्न हुने लैंगीक हिंशा बिरुद्धको १६ दिने अभियानको समापन समारोहमा सम्पुर्ण राजनितीक दलका प्रतिनिधी , शिक्षक , बिद्यार्थी ,संघ संस्थाका प्रतिनिधि,स्वास्थ्यकर्मी, बिभिन्न संजालका प्रतिनीधी , सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत पालिकाकाबासी तथा जनप्रतिनिधी र कर्मचारीलाई उपस्थित भई दिन पालिकाले अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय