कमलबजार पौष १६ । आपतकालिन अवस्थामा बाल संरक्षणको लागी स्थानिय तहमा योजना तर्जुमा सम्बन्धी बाल संजाल , युवा क्लब तथा किशोर किशोरीहरुका लागी २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । युनिसेफको आर्थीक सहयोग तथा कमलबजार नगरपालिकाको महिला तथा वालबालिका शाखाको आयोजनामा तालिम आज सम्पन्न भएको हो । २ दिने क्षमता विकास तालिममा पुर्व वाल अधिकृत प्रेम बुढाले प्रशिक्षण दिनु भएको थियो । आस्थामा नेपालका कार्यरत लभजंग कुँवर र कमलबजार नगरपालिकाको न्यायिक समितीको उजुरी प्रशासक पवित्रा भण्डारीले तालिमको सहजिकरण गर्नु भएको थियो ।
कमलबजार नगरपालिकाको महिला वालवालिका शाखा प्रमुख डम्बरा ढुङ्गानाले तालिमको सञ्चानल गर्नु भएको थियो । तालिममा कमलबजार नगरपालिका अन्र्तगतको वाल सञ्जाल तथा युवा क्लबका पदाधिकारी लगायत कमलजार नगरपालिकाका विभिन्न वडा बाट ३० भन्दा वालवालिकाको सहभागीता रहेको थियो ।
तालिममा वालवालिकाको क्षमता अभिवृद्धिका लागी वाल अधिकार सम्बन्धी कानुनमा रहेका व्यवस्थाका विषयमा तथा आपतकालिन अवस्थामा बाल संरक्षणको लागी स्थानिय तहमा गरिने योजना तर्जुमा सम्बन्धी प्रशिक्षक बुढाले प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय