
कमलबजार, पौष १८ ।
नेकपा एमाले कमलबजार नगरकमिटीको बैठक पार्टीका पक्षमा मतदान गर्ने मतदातालाई धन्यवाद दिदै कमलबजारमा आज (सोमबार ) सम्पन्न भएको छ । कार्यक्रम कमलबजार नगर कमिटीका अध्यक्ष खेमराज जैशीको अध्यक्षतामा सम्पन्न भएको हो । धन्यवाद ज्ञापन कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सहईन्चार्ज यज्ञ बहादुर बोगटी रहनु भएको थियो ।
प्रमुख अतिथी बोगटीले प्रतिनिधी सभा तथा प्रदेश सभा निवार्चन २०७९ मा नेकपा एमालेलाई मतदान गर्ने कमलबजार नगरपालिकाका आम मतदाता लाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथी समेत रहेका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य कटक बहादुर साँउदले पालिकामा नेकपा एमाले पाटीलाई बलियो बनाउनका लागी सबै नेता कार्यक्रताले लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य भिम बिष्ट, अछाम जिल्ला उपाध्यक्ष बल बहादुर कुँवर , सचिव भिम बहादुर रावल कालोटोपी लगायतको उपस्थिीती रहेको कार्यक्रमको संचालन नगर कमिटी सचिब दुर्गा तिमिल्सैनाले गर्नू भएको हो ।