
सभामुख चयन गर्न मतदानको समय बिहान ११ बजे तोकिएको छ। सभामुखका लागि एमालेबाट नन्दा गुरुङ र कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दिएका छन्।
सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख माओवादी केन्द्र र सभामुख एमालेको भागमा परेमा थियो। एमालेकी उम्मेदवार गुरुङको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीका एक÷एक गरि २५ जना सांसदको मत छ।
कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ। उम्मेदवार बनेका दुबै जना सुर्खेतका हुन् र पोखरेल प्रत्यक्षबाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिकबाट सांसद बनेकी हुन्।