काठमाडौं:सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति १० बजेसम्म चलेको बैठकले मन्त्रालय बाँडफाँड टुंग्याएको हो।

बैठकपछि गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ मन्त्रीले दिउँसो १ बजे शपथ लिनेगरी दलहरूबीच सहमति भएको जानकारी दिए।

उनले भने, ‘को–को मन्त्री बने भनेर मंगलबार नै नाम बाहिर आउनेछ।’

हिजोको बैठकमा नेकपा एमालेलाई ८, माओवादीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३-३ मन्त्री र एक-एक राज्यमन्त्री दिने सहमति भएको हो। त्यस्तै जनमत पार्टीले पनि एक मन्त्री पाउने भएको छ ,भने आफुले चाहे अनुसार ३ मन्त्रालय न पाउदा जसपा  पार्टी  सरकारमा न जाने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय