-एमालेबाट विमला राई पौडेल परराष्ट्रमन्त्री बन्ने निश्चित, पदम गिरीलाई स्वास्थ्य र भगवती चौधरीलाई महिला,बालबालिका दिइँदै, रक्षामा सर्लाहीका हरि उप्रेती।
– माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्दै, सुदन किराँतीलाई पर्यटन र अमनलाल मोदी संघीय मामिला मन्त्रालय।
– राप्रपा र एमालेबीच कानुन र खेलकुद मन्त्रालय साटासाट, राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने, सहरी विकासमा विक्रम पाण्डे र कानुनमा ध्रुव प्रधान।
-राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिशिर खनाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने।