बिज्ञान भण्डारी , काठमाडौं : शिवरात्री को अवसरमा यो साल करिब २० लाख भक्तजनहरुले दर्शन गर्ने पशुपति बिकास कोश को अनुमान छ।आज दर्शनका लागि भक्तजनहरु भने १० बजे बाट नै लाइनमा बसिरहेका छन। पशुपति परिसर मा भने मान्छेहरुको उक्त चाप रहेको छ।
महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा आज रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारी साधनहरुलाई चावहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने छ भने मालवाहक सवारी साधनहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने जानकारी प्राप्त भएको छ ।







