अछामको पुर्वी क्षेत्रको शुन्दर नगरी कमलबजारमा रहेको कमलबजार बहुमुखी क्याम्पसमा यति बेला स्वबियु चुनावी सरगर्मी निकै बढेको छ । बिभिन्न पार्टी निकट विद्यार्थी संगठनका नेताहरु यतिबेला चुनावी मैदानमा होमिएका छन् ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारी, नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियु र नेकपा बिप्लप निकट विद्यार्थीहरुको लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट नेपाली काँग्रेस निकट नेबि संघकी मनिषा बिष्ट आफ्नो टिम सहित यतिबेला चुनावी चुनावी मैदानमा छन् । अर्को तिर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वीयुका सुरेन्द्र चलाउने चुनावी मैदानमा होमिएका छन् ।
आ–आफ्नो पक्षमा मत माग्न, प्रचार–प्रसारमा यतिबेला विद्यार्थी नेता तथा तिनका सुभेच्छुकहरु ब्यस्त देखिन्छन्। सामाजिक संजाल, बिभिन्न संचार माध्यम लगायत अन्य माध्यमको प्रयोग गरि उनिहरु विद्यार्थी रिझाउन लागी परेका हुन् ।
यसैबिच संयुक्त बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट कमलबजार बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट नेबि संघकी मनिषा बिष्टले शभापती पदका लागी आफ्नो उम्मेदवारी दर्ता गराए संगै प्रचार–प्रसार पनि तिब्र पारेकी छन् ।
आफु लाई अमुल्य मतदान गर्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्दै स्ववियु शभापती पदकी उम्मेदवार बिष्टले केही प्रतिबद्धता अगाडी सारेकी छन् ।
मेरो उम्मेदवारी आफ्नो अवस्था परिवर्तन गर्न नभई विद्यार्थी को हक अधिकार लाई उजागर गर्न ।
सर्वसुलभ, प्राबिधिक र बैज्ञानिक शिक्षा प्रदान गर्न ।
सिपमुलक तथा कार्यमुलक शिक्षा प्रणाली लागु गर्न ।
विभिन्न सरोकारवाला हरु संग समन्वय गर्दै क्याम्पस लाई आवश्यक पर्ने सामाग्री, छात्रा साथीहरू लाई सेनेटरि प्याड, खेलकुद का सामाग्री उपलब्ध गराउन ।
क्याम्पस मा देखिएको खानेपानी र सौचालय को समस्या समाधान गर्न ।
क्याम्पस मा हुने अपार्दशिता र अनियमितता को अन्त्य गर्न ।
क्याम्पस भित्र अनुशासन कायम गर्न तथा प्रशासनलाई सहयोग गर्न ।
लागुऔषध र दुर्वसन विरुद्ध कार्यक्रमहरु गर्न ।
समग्र नगरपालिकाकै भित्रका बेथिति बिरुद्ध निश्पक्ष रुपमा बोल्न ।
यस क्याम्पसको परिक्षाहरु कमलबजारमै हुनपर्छ भन्ने पक्षमा उभिन ।
जातीय विभेदका बिरुद्ध काम गर्न ।
दिदी बहिनीहरुलाई क्याम्पसभित्र भयरहित वातावरणमा पठनपाठन गर्ने व्यवस्था सृजना गर्न ।
क्याम्पसले लग्ने शुल्क, लगायत अन्य शुल्कमा सहुलियत गर्न पहल गर्न ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज बिहीवार प्रचारप्रसारको अन्तिम दिन हो । उम्मेदवारले आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ ।
प्रचारप्रसार गर्न रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी यसअघि आचारसंहिता जारी भएको थियो । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।




