
हिक्मत नेपाली
कमलबजार, चैत्र ६ ।
अछाम जिल्लाको कमलबजार बहुमुखी क्याम्पसमा स्वबियु निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) बिजय भएको छ । केहि सदस्य पदमा भने गठबन्धनका उम्मेदवार पनि बिजय भएका छन ।
सभापतिमा अनेरास्ववियुका सुरेन्द्र चलाउनेले १२१ मतका प्राप्त गरि विजयी हुनस भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेबिसंघ कि मनिषा बिष्टले १११ मत प्राप्त गर्नु भयो । त्यस्तै सचिवमा अनेरास्ववियुको तर्फबाट उम्मेदवारी बन्नु भएकी निर्मला चलाउने बिजयी हुनु भयो। उहाँको कुल खसेको मत मध्ये १२८ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट एकीकृत समाजबादी निकट बिद्यार्थी संगठन अनेरास्ववियुकि हस्तना बडुवालले एक सय मत प्राप्त गर्नु भयो । यस्तै कोषाध्यक्षमा अनेरास्ववियुकै धनसरा धमाला ११४ मत प्राप्त गरि विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी केशव रावत १०८ मत प्राप्त गर्नु भयो । त्यस्तै सदस्यमा अनेरास्ववियुको तर्फबाट सुरेश बिस्ट ११०, बिनिता बजगाइ १०९, प्राप्त गरि विजयी हुनुभयो । अन्य तीन जना खुला सदस्यमा भने गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । जस अन्तरर्गत लक्ष्मी रावत ११७, तपेन्द्र भण्डारी ११५ , कल्पना टिमिल्सेना ११९ मत प्राप्त गरि विजयी हुनु भयो ।