काठमाडौं । त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । विद्यार्थीको हकहितमा पैरवी गर्ने नेतृत्वकर्ता, पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन भएको हो।

सुदूरपश्चिम प्रदेशभरि कतै उत्साहपूर्वक सौहार्दपूर्ण वातावरणमा निर्वाचन भएको छ भने, कतै तनाव उत्पन्न भएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीमा १०, कञ्चनपुरमा छ, डोटीमा तीन, अछाममा दुई, बाजुरामा एक, डडेल्धुरामा एक,अछाममा एक, बझाङमा नौ र दार्चुलाका चार क्याम्पसमा शान्तिपूर्ण वातावरणमा मतदान भएको छ।

पछिल्लो प्राप्त विवरण अनुसार २४  वटा क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ ।

कहाँ को बिजय

कैलाली
बुलबुले बहुमुखी क्याम्पस कैलाली पुष्पा खाती (अनेरास्ववियु)
मोहन्याल बहुमुखी क्याम्पस –अर्जुन खत्री (अखिल क्रान्तिकारी)
खप्तड बहुमुखी क्याम्पस –पुष्कर अवस्थी (अनेरास्ववियु)
चौमाला बहुमुखी क्याम्पस – हरेन्द्र बुढा (अनेरास्ववियु)
लम्की बहुमुखी क्याम्पस – कल्पना तिमिल्सना (अनेरास्ववियु)
ऐश्वर्य बहुमुखी क्याम्पस –कुबेर खड्का (अनेरास्ववियु)
बिरेन्द्र बहुमुखी क्याम्पस- नविन अधिकारी (नेपाल विद्यार्थी सङ्घ)

कञ्चनपुर
रामपुर बहुमुखी क्याम्पस – सरस्वती तिरुवा (अखिल क्रान्तिकारी)
रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस –दिलेन्द्र प्रशाद बडु (अनेरास्ववियु)
जनता बहुमुखी क्याम्पस – मनोज साउद (अखिल क्रान्तिकारी)
कृष्ण बैजनाथ बहुमुखी क्याम्पस – कृष्णराज जोशी (नेपाल विद्यार्थी सङ्घ)
कञ्चन बहुमुखी क्याम्पस – देव बहादुर साउँद (अनेरास्ववियु)
महाकाली बहुमुखी क्याम्प – निरज भण्डारी (नेपाल विद्यार्थी सङ्घ)

बैतडी
नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल (अनेरास्ववियु)
श्रीकोट बहुमुखी क्याम्प – शम्भुराज गिरी (अनेरास्ववियु)
सेटीगाउँ बहुमुखी क्याम्पस – मोहन बोहरा (अनेरास्ववियु)

डोटी
खप्तड आदर्श क्याम्पस – श्याम विक (अनेरास्ववियु)
केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम (नेपाल विद्यार्थी सङ्घ)

डडेल्धुरा
डडेल्धुरा बहुमुखी क्याम्पस – दुर्गा प्रसाद भट्ट (नेपाल विद्यार्थी सङ्घ)

बझाङ
थलारा बहुमुखी क्याम्पस – महेश जेठारा (अनेरास्ववियु)
सेती क्याम्पस बझाङ – लक्ष्मण गिरी (अनेरास्ववियु)
सुनकुडा क्याम्पस – दिलीप अधिकारी (अनेरास्ववियु)

दार्चुला
कृष्ण स्नातक क्याम्पस – हेमन्ती जोशी (अनेरास्ववियु)

अछाम
कमलबजार बहुमुखी क्याम्पस -सुरेन्द्र चलाउने (अनेरास्ववियु)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय