
नेपाल कमन्यूष्ट पार्टी कमलबजार नगर कमिटीको पार्टी कार्यालय स्थापना गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसर पारेर नेपाल कमन्यूष्ट पार्टी कमलबजार नगर कमिटीको पार्टी कार्यालय स्थापना गरिएको हो ।
शनिबार एक कार्यक्रमका बिच सो पार्टी कार्यालयको स्थापना गरिएको हो ।
नेकपा कमन्यूष्ट पार्टी बिप्लवका केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज मिना सीको प्रमुख आतिथ्यतामा सो नगर कमिटी कार्यालयको स्थापना गरिएको हो ।
नगर कमिटीको पार्टी कार्यालय स्थापना संगै कामकाजमा सहज हुने बताउँदै केन्द्रिय सदस्य मिना सी ले जनताका गुनासोहरु पनि सम्बोधन गर्न अझ टेवा पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।
नेपाल किसान महासंघका केन्द्रिय सदस्य तथा जिल्ला कमिटी सदस्य पदम सी को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सचिब लोकेन्द्र सी लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सो कार्यालय स्थापना कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य तथा कमलबजार नगर कमिटी ईन्चार्ज निर्मल सी ले गर्नु भएको थियो ।