
काठमाडौ, ३० माघ ।
नयाँ बर्ष ०७८ को कोसेली स्वरुप दर्शकमाझ चैत्र २७ मा आउन लागेको प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक गरिएको छ । पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै रोमान्टिक मुडमा प्रस्तुत भएका छन् ।
सुगम पोखरेल र अञ्जु पन्तले गाएको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । रामजी लामीछानेले कोरियोग्राफी गरेको गीत पूर्वी नेपालको इलाम, पाँचथर र झापाका बिभिन्न रमणीय स्थानहरुमा खिचिएको हो । दीपक ओली निर्देशीत फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लभस्टोरी जनराको फिल्मको लेखन लक्ष्मण सुवेदी, छायांकन शिब ढकाल र बाबु श्रेष्ठ, द्धन्द्ध श्री श्रेष्ठको छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।
फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ । आरआर फिल्मस्को ब्यानरमा निर्मित फिल्मको सम्पादन कार्य अर्जुन जिसीले गरिरहेका छन । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मलाई ०७७ को प्रतिक्षित फिल्मका रुपमा हेरिएको छ ।