रमिता बि क ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा गैरीटाँडमा मट्का फुटाउने कार्यक्रम सम्पन्न गरिएको छ ।
गैरीटाँड बजार व्यावस्थापन समितिको आयोजनामा गैरीटाँडमा मट्का फुटाउने कार्यक्रम गरिएको हो ।
बजार व्यावस्थापन समितिका अध्यक्ष नृप बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैना रहनु भएको थियो ।
उक्त कार्यक्रममा पाटिका प्रतिनिधि शिक्षक अभिभावक बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
गैरीटाँड बजार व्यावस्थापन समितिको आयोजनामा गरिएको कार्यक्रममा मट्का फुटाउन कुनै व्यक्ति पनि सफल नभए पछि उक्त कार्यक्रम स्थगित गरिएको हो ।
आज हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमि पर्वको अवसरमा अछामका बिभिन्न ठाँउमा मट्का फुटाउने लगायत अन्य कार्यक्रम गरि मनाइरहेका हुन ।




