काठमाडौं : गत वर्ष काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीतर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरीका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने अवार्डका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

भक्तपुरको मध्यपुर ठिमीमा शनिबार आयोजना भएको कार्यक्रममा संघले सागमा गरेको प्रर्दशनको आधारमा गौरीका र मन्देकाजीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो। गौरीका र मन्देले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान एक लाख रुपैयाँ प्राप्त गरे। यस्तै संघले तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठलाई स्पोर्टस अवार्ड अन्तर्गत प्रतिभावान खेलाडीको अवार्ड प्रदान गरेको छ। यस्तै गल्फका सुवास तामाङ र कुस्तीकी संगिता धामीले एनएनआइपिए स्पोर्टस अवार्ड अन्तर्गत उदयीमान खेलाडी चुनिएर पुरस्कार थापे।

आयशा र सुजलले युएसए एभरेष्ट तेक्वान्दोले प्रोजना गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे। पहिलो पटक समावेश गरिएको विधामा चुनिएका उदीयमान खेलाडी सुवास र संगिताले स्काई फिटबाट प्रायोजित समान ५० हजार रुपैयाँ प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय