रमिता बि क । कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाको माडुमा इन्द्रजात्रा मनाइएको छ ।

वडा नम्बर ५ कुईकाको आयोजनामा धेरै बर्षपछिको अन्तरालमा  भव्य र सभ्यरुपमा यसपालिको इन्द्र जात्रा सम्पन्न गरिएको छ ।

वडा नम्बर ५ कुईकाका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाको सक्रियतामा भएको ईन्द्रजात्रामा वडाका सम्पुर्ण राजनितिकदलका पार्टि प्रतिनिधि , शिक्षक बिद्यार्थी अभिभावक , आमाबुवा दाजुभाई दिदी बहिनी लगायत वडा बासी सबैको उपस्थितिमा यसपटकको ईन्द्रजात्रा मनाइएको हो ।

केहि बर्ष अगाडी विभित कारणले ईस्तगित भएको ईन्द्रजात्रा मेला यो बर्षदेखि हरेक बर्ष भव्यताका साथ मनाइने वडा अध्यक्ष तिमिल्सैनाले बताउनु भयो । आफ्नो साँस्कृति र परम्परालाई संक्षण र संम्वर्दन गर्नका लागि ईन्द्रजात्रा मेलाको आयोजना गरिएको तिमिल्सैनाले औँल्याउनु भयो ।

उक्त भएको मेलामा स्थानीय देउडा गायक गायिकाको दम्दार प्ररस्तुती रहेको र गितहरुमा बालविवाह न्यूनिकरण, घरेलु हिसां न्युनिकरण सम्बन्धिका गितहरु प्ररस्तुत गरिएको बताउनु भयो । समाज परिर्वतनका गितहरुमा बिषेश जोडदिन आग्रह गनुभएको थियो ।

देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाउने जात्रा हो । यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो।

इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेको उल्लेख गर्नभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय