काठमाडौं। गीतकार जनक रावत ‘अनुराग’को “माया मनको दुरी” बोलको गीत सार्वजनिक भएको छ।

अनुरागको शब्द र विष्णु भट्टको संगीत, पवन भाटको संगीत संयोजन, कर्ण सन्यालको रेकर्ड र सन्तोष पौडेलको मिक्सिङमा सुरसंगीत स्टुडियोले तयार गरेको यस गीतमा गायक विष्णु भट्ट र गायीका अनु चौधरीको आवाज रहेको छ।

मुनाल शिशिर कोइरालाको निर्देशन, सुजन श्रेष्ठको छायांकन र टेकेन्द्र शाहको सम्पादनमा तयार भएको ‘माया मनको दुरी’ गीतको म्युजिक भिडियोमा पछिल्लो समय युवापुस्तामा सर्वाधिक रुचाइएका मोडल सुदिर श्रेष्ठ, समिक्षा पोखरेलका साथमा बालकलाकार आयुशी लुईंटेल र चक्र साउँदको अभिनय देख्न सकिन्छ।

एस३के इन्टरटेन्मेन्टले तयार पारेको यस गीतलाई एस३के इन्टरटेन्मेन्टकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय