विज्ञान भण्डारी,कैलाली असोज २८ । महान चाड दशै र तिहार नजिकिए संगै बर्षभरी खाली र सुनसान रहने गाउँघरका आगन पनि गाउँ छोडेर जानेहरु फर्किने कुराले खुशी, हासो र उमङले भरिपुर्ण छन । बर्ष भरी पढाइ , कामकाजमा ब्यस्त रहने आफ्ना छोराछोरीसंग भेट हुने कुराले बाआमा, साथिभाइ संग भेट हुने कुराले गाउँमा आफ्नै पेशा ब्यसाय गर्दै आएका साथीभाईहरु एकदम खुसी देखिन्छन। १ बर्षमा ५ दिन, १० दिन अथवा १ महिनाको भेटमा नातिनातिनीहरु माया साट्न पाउने खुशिले हजुरबा र हजुराआमा दिन गन्दै हुन्छन् । बर्षौ देखी परदेशीयकाहरु आफ्नो घर फर्किने कुरा आफ्नो घरमा सुनाइ खुशी साटिरहेका छ्न । आफ्नो पुर्खौली थलो नदेखेका ,सहरमा जन्मिएर सहरमै हुर्किएकाहरु पहिलो पटक गाउ पुग्दा त्यहाको प्रकृतीलाइ नजिक बाट निहाल्दै रमाइरहेको देख्न सकिन्छ। बाटो भरी गाउँ फर्केनेको लर्को छ पर्देशी हरु दशै मनाउन धमाधम घर फर्कीरहेको छन।

गाउँ घरमा रमाइलोको माहोल छ कतै पिङ कहिले हाल्ने भन्ने कुराको चियोचर्चो छ, कतै नयाँ लुगा किन्ने सल्लाह छ भने कतै धेरै पछी भेटीएका साथी भाइहरु चिया पिउदै आफ्ना सुख दुखका कुराहरु साट्दै गरेको देख्न पाइन्छ। मौसम पनि एकदम सालिन छ न जाडो न गर्मी छ , शितल हावासंगै पाकेको धानलाई किसान दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घरमा भित्राउदैछ्न ।बारिमा कोदो फुलेको छ र सबैको मनमा खुशी झुलेको छ।

कतै घर छिप्ने (माटोले घर रङरोगन गर्ने कार्य ) तयारी भैरहेको छ कतै गाउलेहरु दशैको लागि खसी बोका खोज्दै हिडिरहेका छन भने कतै गाउँलेहरु हालिसकेको पिङ खेलेर रमाउदै छन, सबैतिर दशै छाहीरहेको छ । सदैब दशैमा रमाइलो हुने गाउँ घर येस साल पनि हरेक बर्ष झै आफ्नो लयमा फर्कीरहेको छ।

बर्ष भरीको थकान, तनाब लाई बिट मार्दै दशै मनाउन गाउँ जाने हरुको लर्को छ ।सदैव भरीभराउ रहने शहरहरुका सडक भने केही दिनको येता केही हदसम्म खाली हुँदै गएका छ्न। काठमाडौ बसपार्कहरुमा टिकट काट्ने हरुको लाइन देख्न सकिन्छ यो बर्ष पनि २४ लाखले दशैको बेला काठमाडौं छोडने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय