समाजका धेरैजना तालिम लिनका लागि मरिहत्य गर्छन तर तालिमबाट सिकेको सिप प्राय कमैले मात्रै व्यवहारिक रुपमा लागु गरेको पाईएको छ । तालिम लिनका लागि तछाड मछाड गर्नेहरु तालिम लगिसकेपछि हराउने समस्या हाम्रो समाज छ । तालिम लगीसकेपछि कोही रोजगारीको लागि अन्य मुलुक जाने गर्दछन भने यतै बसेकाहरु पनि त्यो सिप व्यवहारमा लागु गर्दैनन तर मंगलसेन बजारमा व्यवसाय गर्दै आउनु भएकी भजन बोगटी तालिममा सिकेको सिपले व्यवहारमा लागुगर्दै अचार व्यवसायी बन्नु भएको छ । रातोबाल्टी कार्यक्रम बाट तालिम लिनुभएकी भजन अहिले स्तुति अचार उद्योग संचालन गरेर अचार व्यवसायी संचालन गरिरहनु भएको छ । रेडियो गाउँघर संग कुराकानी गर्दै बोगटीले भन्नुभयो पहिला आफु संग कुनैपनी सिप थिएन त्यस्तो अवसरको पखाईमा थिए १ बर्ष अघि रातो बाल्टीले तालि तालिम मार्फत अचार बनाउने सिप सिकाएपछि अहिले व्यवसायीक रुपमा अचार व्यवसायी संचालन गरेको बताउनुुभयो स्थानीय उत्पादनको प्रयोगगरि बनाईएको अचार एकदमै मिठो र बासनादार भएकाले बोगटीले तयार पारेको अचारले धेरैको मन जितेको छ । अचारमा स्थानीय जडीबुडी र फलफुलको प्रयोग गरेकाले यो स्वास्थ्यका लागि पनि निकै राम्रो भएको बोगटीको भनाई छ । आफुले भरखरै यो उद्योग संचालन गरेको र अब यसलाई व्यवसायिक रुपमा अघि बढाउने योजना बोगटीको छ । मंगलसेन बजारका केही होटलहरुमा मात्रै अचार पु¥याउदा यसको माग बढेकाले अब यसको उत्पादनमा बढि जोड दिईने भन्दै स्थानीय सरकारले पनि यस्ता उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग गर्नुभएको छ । आफुलाई रोजगारी पनि हुने र आम्दानी पनि राम्रो हुने भएकाले आफुलाई यो व्यवसाय निकै राम्रो लागेको बोगटीको भनाई छ । यस्तै स– साना उद्योगहरु संचालन गरेमा आफ्नो आम्दानी पनि हुने र स्थानीय उत्पादनले पनि बजार पाउने भएकाले कुनैपनी तालिम लिदा त्यसको सही ढंगले प्रयोग गरि आफ्नो दैनिक जिवन यापन सहज बनाउन तर्फ अग्रसर हुनुपर्ने उहाको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय