काठमाडौं । झिंगा धपाउन जिउमा बालुवा छर्किँदै गरेको नेपाली हात्तीको तस्वीरले  ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ जितेको छ। पर्यटक फोटोग्राफर लि जु सेनले चितवनको नारायणी नदीमा खिचेको यो तस्वीरसँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्वीरले अवार्ड जितेका छन्।

विजयी तस्वीरहरु मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो। सोनी वर्ल्ड फोटोग्राफी अवार्ड–२०२४ मा प्रकृति, कला, संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्वीर प्रतिष्पर्धामा थिए। ती

तस्वीरहरु विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ। सोनी वर्ल्ड फोटोग्राफी अवार्डका विद्यार्थी, युवा, खुला र व्यावसायिक प्रतियोगिताका विजेताहरू अप्रिल १८ मा घोषणा गरिनेछ।

विजयी सबै तस्वीरहरु अप्रिल १९ देखि मे सम्म लन्डनको समरसेट हाउसमा हुने प्रदर्शनीमा राखिने आयोजकले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय