हिक्मत बहादुर नेपाली
अछाम, असोज २२ ।
कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले सुत्केरीपछि अत्यधिक रक्तश्रावका कारण ज्यान गुमाएकी  सरिता जैशीका परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।
आज जैसीका परिवार लाई प्रत्येक्ष भेटेरै नगर प्रमुख ढकालले आश्रित परिवारलाई आर्थिक सहयोग गर्नु भएको हो। दुखद तथा अप्ठेरो पस्थितिमा रहेका मृतक सरिताका आँखाको ज्योति गुमाएका  श्रीमान टंक प्रसाद जैसीको आँखाको उपचारका लागि पहल गर्ने प्रतिबद्धता समेत गर्नु भयो । जैसी दृष्टि विहिन हुदा नवजात शिशु र उनका नावाक छोरा छोरी लाई हुर्कोउन तथा लालनपालन गर्न निकै कठिनाइ भइरहेको परिस्थितिमा तिलगंगा आँखा अस्पताल काठमाडौं लगेर उपचार गर्ने ढकालको प्रतिबद्धता संगै उनका परिवारमा केहि आशा पलाएको छ ।
केही दिन भित्र आफ्नै गाडिमै जैसी लाई काठमाडौं उपचारका लागि लिएर आँखाको उपचार गर्ने नगर प्रमुख ढकालले बताउनु भयो । साथै यस्तो विषय परिस्थितिमा उनका परिवारलाई नआतिएर धैर्यधारण गर्न पनि आग्रह गर्नुभयो ।
ढकारी गाउपालिका वडा नं  ६ मा स्थायी घर भई हाल पालिकाकै वडा नं. ८ गलवाल अस्थाई रुपमा  बसोबास गरिरहेका सरिताका श्रीमान, छोराछोरी र नवजात शिशुलाई सहयोगार्थ आज नगरप्रमुख ढकालले ५ हजार एक सय आर्थिक सहयोग गर्नुभएको छ।

साथै आफ्नो पालिका बाट आगामी दिनमा थप निर्णय गरि जैसीका बालबालिकाको उच्च शिक्षा अध्ययनका लागि थप सहयोग गर्ने समेत बताउनुभयो ।
यसै गरि आजै समाजसेवी तथा शिक्षिका बसन्ती कुमारी बिष्टले पनि सरिताका परिवारलाई नगद २ हजार ५ सय सहयोग गर्नुभएको छ । कमलबजार नगरपालिका वडा नं १० घोडासैन स्थित श्री विद्या प्रबोधिनी माद्यामिक विद्यालयमा अध्यापन गराईरहनु भएको शिक्षिका बिष्टले मृतक सरिताको परिवारको घरमै गएर सहयोग हस्तान्तरण गर्नु भएको हो ।अछामको ढकारी गाँउपालिका वडा नं. ८ की सरिता जैशीको अत्याधिक रक्तश्राव पछि समयमै उपचार नपाउदाँ गत असोज १७ गते बिहिबार ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय