
२०८२ पाैष २८ ,
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले १५ लाख भन्दा बढी बिमा रकम प्रदान गर्ने भएकाे छ ।
वित्तीय संस्थाको विभिन्न शाखाका समूह सदस्यहरुकाे परिवारलाई बिमा रकम प्रदान गर्ने भएकाे हाे ।
यस्तैराजापुर,अत्तरिया,हसुलिया,झलारी,महेन्द्रनगर,मैनापाेखर,ओदरी गरि ७ वटा शाखा अन्तगरत केन्द्र सदस्यहरुको परिवारजनलाई बिमा रकम हस्तान्तरण गर्न लागिएकाे संस्थाका कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा. गोपाल दहितले बताए ।
उनले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सदस्यको अथवा श्रीमान संगै ग्यारेन्टरको मृत्युमा समेत ऋण मिनाह संगै सुबिधा दिने गरेको बताए ।
सामाजिक अभियन्ता समेत रहेका डा. दहितले विभिन्न शाखाका समूह सदस्यहरूलाई केन्द्रीय कार्यालयकाे समन्वयमा शाखा कार्यालय मार्फत बिमा रकम प्रदान गरिने बताए ।
यसरी शाखागत रुपमा प्रदान गरिने रकम रु १५ लाख ४९ हजार १ सय ४७ रुपैया रहेकाे छ ।
त्यस्तै राजापुर शाखा अन्तगत राजापुर शाखाले मात्रै रु १ लाख ३५ हजार रुपैया भने प्रदान गरि सकेकाे छ भने अन्य शाखाहरुले पनि बिमा रकम अनुसार भक्तानी गर्ने छन् ।

पुर्व मन्त्री समेत रहेका दहितले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड दुख र सुख दुबैमा साथ सहयोग तथा सेवाग्राही मुखी समेत रहेको बताए ।
उनले सदस्यको कालगतिले मृत्यु भएको हुदा निजको आश्रित परिवारलाई नगद रकम उपलब्ध गराउनुको साथै तिर्न बाँकी कर्जा तिर्न नपर्ने प्रावधान रहेकाे बताए ।





