अछाम माघ २०८२ ।
अछाम जिल्लामा यस वर्ष पनि पाठेघरको मुखको क्यान्सर विरूद्वको एच.पिभी खोप अभियान संचालन गरिने भएको छ । माघ २७ गते देखि फागुन १ गते सम्म यो अभियान संचालन गरिने भएको हो । जिल्लामा रहेका सबै विद्यालयहरूमा ६ कक्षामा अध्यानरत किशोरीलाई गत वर्ष झै यश वर्ष पनि खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । गत वर्ष ६ कक्षा देखि १० कक्षा सम्म पढ्ने १३ हजार ९ सय ४३ जना किशोरीलाई खोप लगाईएको र यस बर्ष कक्षा ६ मा अध्यानरत २ हजार ५ सय ८४ जना किशोरीलाई खोप दिने तयारी भईरहेको कार्यालय प्रमुख झपटराज ढुंगानाले जानकारी गराउनु भएको छ । केही किशोरी विद्यालय बाहिर रहेकाले उनीहरूलाई पनि लगाउने योजना रहेको बताउनुभयो । जिल्ला खोप समन्वय समिति र संचार क्षेत्रको अभिमुखिकरण कार्यक्रममा यो अभियानको बारेमा जानकारी गराएईएको हो । कार्यक्रममा सहभागी सबै सरोकारवालाले यो खोप निकै महत्त्वपूर्ण भएकाले यो अभियानलाई सफल पार्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । पछिल्लो समयमा पाठेघरको मुखको क्यान्सरका कारणले वर्षेनी महिलाहरूले ज्यान गुमाउने गरेको भन्दै यस बाट बचाउन यो खोप लगाउन थालिएको कार्यालय प्रमुख ढुंगानाको भनाइ छ । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, जिल्ला समन्वय समिति सदस्य पूर्णबहादुर रावल, ससस्त्र प्रहरी प्रमुख दिपेन्द्र थापा, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख अम्बादत्त जोशी, समन्वय अधिकारी दिपकराज जोशी लगायत जिल्ला स्थित पत्रकार तथा सरोकारवालाको सहभागीता रहेको थियोे ।कार्यक्रमको संचालन जिल्ला स्वास्थ्य कार्यालयका दिपेन्द्र जोशीले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय