नेकपा एमालेका उमेदवार यज्ञ बहादुर बोगटीको घरदैलो तथा कार्यकर्ता भेटघाट  कार्यक्रम तुर्माखाँद गाउँपालिका वडा न ३ को भैरवस्थानमा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा बोल्दै उमेदवार बोगटीले आफुले सुरू गरेका अधुरा कामहरू पूरा गर्नका लागि पुन एक पटक मत दिन आग्रह गर्नुभएको छ । आफू २०७४ सालमा निर्वाचित हुदा क्षेत्र न २ मा धेरै विकास निर्माणका कामहरू गरेको र केही महत्त्वपूर्ण योजनाको काम अधुरै रहेकाले त्यी योजनाको पूर्णताको लागि भएपनि आफुलाई निर्वाचित गराउनुपर्ने उमेदवार बोगटीको भनाइ छ । हाम्रो जिल्लामा  अहिले पनि गरिबी र पछौटेपन कायमै रहेकाले यसको अन्त्य गर्नु आफ्नो प्रमुख योजना रहेको समेत उहाँले बताउनुभयो । चुनावी घरदैलो कार्यक्रममा नेकपा एमाले अछामका पुर्व अध्यक्ष चन्द्र बहादुर बोहरा,पुर्व  सचिव भिम रावल (कालोटोपी) प्रदेश कमिटी सदस्य पदम बहादुर बुढा, भिम बहादुर बिष्ट, जिल्ला कमिटी उपसचिव गोमती शाही, तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसी लगायत जिल्ला कमिटी सदस, पालिका कमिटीका पदाधिकारी र युवा नेताहरूको सहभागीता रहेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य नरेश कुमार शाहीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय