रमिता बि.क
कमलबजार: कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल तथा शिक्षा शाखा प्रमुख ऋषिकेश ढकाले कमलबजार नगरपालिका वडा नम्बर १, मुलीस्थित शिशु बोधनी माध्यमिक विद्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा विद्यालयको ट्वाइलेट (शौचालय) र प्रशासकीय संरचनालगायत भौतिक पूर्वाधारको अवस्था अवलोकन गरिएको थियो। विद्यालयको शैक्षिक वातावरण, सरसफाइ तथा व्यवस्थापन पक्षलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा छलफलसमेत गरिएको बताइएको छ।
नगर प्रमुख यज्ञ प्रसाद ढकालले विद्यालयमा गुणस्तरीय शिक्षा प्रवाहका लागि भौतिक पूर्वाधारको मजबुती अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयका समस्या र आवश्यकताहरूको पहिचान गरी आगामी योजना निर्माणमा समेटिने जानकारी दिनुभयो। साथै उहाँले आफ्नो व्यक्तिगत सहयोग स्वरूप विद्यालयको शौचालयमा प्रयोजनको लागि दुईवटा बाल्टी ब्रस आरपिक लगायत सरसफाईका सामग्रीहरू विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभएको छ।
उक्त अनुगमनले विद्यालयको समग्र सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कमलबजार नगरपालिका वडा नम्बर १ मुलीकाे सार्वजनिक सुनवाई कार्यक्रममा सहभागीले विद्यालयको शौचालय अत्यन्तै फोहोर छ यसलाई व्यवस्थित गर्नुपर्यो भन्ने प्रश्न उठाएपछि सार्वजनिक कार्यक्रम सकिसकेपछि सरोकारवाला र पत्रकारहरूको टिम शौचालयको अनुगमन गर्न गएको थियो त्यहाँ अत्यन्तै फोहोर थियो। झारी पनि थियो।
नगर प्रमुख ढकालको कडा निर्देशनपछि अहिले शिशु बोधनी माध्यमिक विद्यालयको शौचालय सफा सुगर बनाइएको छ। विद्यालयको प्राङ्गण पनि सफा सुगर बनाएको छ।
साथै वडा नम्बर १ मा रहेको कालिका प्राथमिक विद्यालयको पनि निरीक्षण अनुगमन गर्नुभएको छ। कालिका प्राथमिक विद्यालयको शौचालय प्रशासकीय भवन प्राङ्गण लगायतको निरीक्षण गर्नुभएको हो




