हिक्मत बहादुर नेपाली
अछाम चैत्र ०५ ।
कमलबजार नगरपालिका वडा नं ७ सेराको वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन गरिएको छ । कमलबजार नगरपालिका वडा नं ७ को आ.व २०८२/८३ को बजेटमा ७ लाख रकम बिनियोजन गरेको छ । विनियोजित बजेट बाट भवनको झ्याल ढोका निमार्ण च्यानेल गेट, रंङरोगन, प्राङगण सरसफाई, खानेपानी धारा निमार्ण लगायतका काम सञ्चालन भईरहेका छन । प्राविधिक स्टमेट अनुसार भवन निमार्ण कार्य सञ्चालन भएर अन्तीम चरणमा पुगेको प्राविधिकको भनाई छ । भवन निमार्णका लागी गत बर्ष वडा कार्यालय बाट २० लाख बजेट विनियोजन गरिएको थियो । बाँकी रहेको काम सम्पन्न गर्नका लागी यस बर्ष ७ लाख विनियोजन गरि कार्यान्वयनको अन्तीम चरणमा पुगेको र आउदै गरेको नयाँ बर्ष २०८३ बैशाख १ गते देखी वडा कार्यालयको नवनिर्मित भवन बाट प्रशासनीक सेवा प्रवाह हुने वडा अध्यक्ष नृप बहादुर बोहराले जानकारी दिनुभयो ।
आज विहान कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितीका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गएको अनुगमन टोलीले भवन निमार्ण योजनाको अनुगमन गरेको हो । अनुगमनमा अनुगमन समितीका सदस्य नृप बहादुर बोहरा योजना शाखा प्रमुख सहायक पाँचौं बिरेन्द्र तिमिल्सैना,भाैतिक पुर्वाधार शाखा प्रमुख ईन्जीनियर नरेन्द्र बहादुर शाह, असिस्टेन्ट सव ईन्जीनियर विक्रम बिष्ट, रेडियो नेपालका स्थानीय संवाददाता हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो ।





