हिक्मत बहादुर नेपाली

अछाम चैत १० । अछाममा आव २०८२/८३ को क्षयरोग संक्रमितको तथ्यांक अनुसार गत फाल्गुन महिनाको अन्त्य सम्म ९२ जना क्षयरोग संक्रमित भेटिएका छन । श्रावण देखी हाल सम्म ७ जनाको मृत्यु भएको र ८ जनाले विचैमा ओैषधी सेवन गर्न छोडेको तथ्यांक सार्वजनिक गरिएको छ ।

विश्व क्षयरोग दिवसका अवसरमा स्वास्थ कार्यालय अछामको आयोजनामा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो । ’हो हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने नाराका साथमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित विभिन्न संचारगृहमा कार्यरत सञ्चारकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा जिल्लाको अवस्था सार्वजनिक गर्दै नियन्त्रण र उन्मूलनका लागि भइरहेका प्रयासबारे जानकारी गराईएको थियोे ।

नेपाल लाई सन २०५० सम्म क्षयरोग मुक्त देश बनाउने लक्ष्य अनुरुप जिल्लामा केन्द्रको निर्देशन अनुसार क्षयरोग संक्रमितको पहिचान र उपचार कार्यक्रम लाई निरन्तरता दिईएको स्वास्थ कार्यालय अछामले जानकारी दिएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा क्षयरोग मुक्त पालिका अभियान संचालन भइरहेको र चौरपाटी गाउपालिकामा सो अभियान संचालनको प्रक्रियामा रहेको छ ।

क्षयरोग संक्रमित मध्ये ८० प्रतिशत फोक्सोमा संक्रमित हुने क्षयरोग र २० प्रतिशत शरिरका अन्य अंगमा संक्रमण हुने क्षयरोग संक्रमित रहेको तथ्यांक छ ।अछाम लगायत सुदूरपश्चिममा वैदेशिक रोजगारका क्रममा भारत लगायत तेस्रो मुलुकमा आवतजावतहुने भएकाले संक्रमितको जोखिम बढ्दो रहेको छ ।

जनचेतना अभिवृद्धि गर्दै संभावित क्षयरोगका विरामीहरु लाई उपचार पूरा गर्न सहयोग सल्लाह दिन र खोजपड्तालमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको कार्यक्रमका अध्यक्ष स्वास्थ कार्यालय अछामका प्रमुख झपट राज ढुंगानाले बताउनुभयो । हाल जिल्लाका विभिन्न पालिकामा क्षयरोग निवारणका लागी निःशुल्क परीक्षण, औषधि वितरण र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध गराइएको ढुंगानाले बताउनु भयो । कार्यक्रममा सहभागी संचारक्रमीका तर्फबाट पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावतले क्षयरोग रोकथामका लागि स्वास्थ्य कार्यालय संग समन्वय सहकार्य गर्दै अछाम स्थित सञ्चार माध्यमले स्वास्थ्य सन्देश प्रचारप्रसार गरिरहेका र आगामी दिनमा निरन्तरता दिईने बताउनुभयो । कार्यक्रमको सञ्चालन स्वास्थ कार्यालयमा कार्यरत अधिकृत छैठौं दिपेन्द्र जोशीले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय