हिक्मत बहादुर नेपाली
अछाम चैत १३ ।
अछाम जेसिजको पहलमा फल्टाने कृषि तथा पशुपंछि महिला कृषक समूह गठन गरिएको छ । कमलबजार नगरपालिका वडा नं ७ का वडा अध्यक्ष नृप बहादुर बोहरा को अध्यक्षतामा भएको भेलाले समुह गठन गरेको हो । विभिन्न क्षेत्रमा आबद्ध भएका व्यक्ति र महिला दिदिबहिनीहरुको उपस्थितिमा फल्टानेमा आज बसेको भेेलाले नविना कुमारी रिमालको अध्यक्षतामा ११ सदस्यीय कृषि तथा पशुपंछि महिला कृषक समूह गठन गरिएको हो । कृषि उत्पादनमा जोड दिदै महिला सशक्तीकरण गर्ने उदेश्यले समुह गठन गरिएको हो ।
साथै आजै अछाम जेसिजको आयोजनामा महिला सशक्तीकरण तथा सचेतता कार्यक्रम सम्पन्न भएको छ । कमलबजार नपा ७ फल्टानेमा सम्पन्न भएको कार्यक्रममा अछाम जेसिज बर्ष २०२६ का अध्यक्ष झनक अधिकारी र तालिम संयोजक पवन अधिकारी ले महिला सशक्तीकरण र कृषि उद्यमशिलता सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो । जेसिजले सामाजिक क्षेत्रमा व्यक्तित्व विकास संगै नेतृत्व विकास र उद्यमशिलताका क्षेत्रमा काम गर्दै आएको छ । समाजमा रहेका विकृति विसंगति हटाउदै सभ्य समाज निर्माणका लागि महिला सशक्तीकरण तथा सचेतता कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने कार्यक्रममा सहभागीको बुझाई रहेको छ ।




