हिक्मत बहादुर नेपाली
अछाम चैत १७ ।
कमलबजार नगरपालिका वडा नं ७ फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण गरिएको छ । फल्टाने स्थित फल्टाने महिला कृषक समुुहका २५ जना कृषक लाई च्याउको बीउ वितरण गरिएको हो । कमलबजार नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक शुनिल कुँवरले च्याउ उत्पादनका विभिन्न प्रकृयाका सम्बन्धमा नमुना अभ्यास समेत गराउनु भएको थियोे । बीउ वितरण कार्यक्रममा कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको उपस्थिति रहेको थियोे । नगरप्रमुख ढकालले कृषक लाई च्याउकाे बीउ हस्तान्तरण गर्दै कृषक लाई व्यवसायीक तरकारी खेती गरि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले कृषकले उत्पादन गरेको खाद्य वस्तु तथा तरकारी र फलफुलको बजारीकरणमा पालिकाले सहयोग गर्ने बताउनुभयो ।
कृषक समुहका सदस्यले च्याउखेतीका लागि बिज उपलब्ध गराएकोमा कमलबजार नगरपालिका कृषि विकास शाखालाई धन्यवाद व्यक्त गर्नुभयो ।
बीउ वितरण कार्यक्रममा तत्कालीन सेरा गाविस अध्यक्ष दिपक प्रसाद अधिकारी , रेडियो नेपालका स्थानीय संवाददाता तथा कमलबजार दैनिकका प्रकाशक/सम्पादक हिक्मत बहादुर नेपाली लगायत स्थानीय समाजसेवी तथा आम नागरिकको उपस्थिति रहेको थियोे ।





