हिक्मत बहादुर नेपाली
अछाम चैत्र १८ ।
पत्रकारहरुका लागि एआई मल्टिमिडिया र मोबाइल पत्रकारिता सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम आज मंगलसैनमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना पत्रकार महासंघ अछाम शाखाको आतिथ्यता र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढी कैलालीको सहयोगमा तालिम सम्पन्न भएको हो ।
तालिममा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम डोटी र बाजुरा गरी ३ जिल्लाका ४५ जना पत्रकारहरुको सहभागीता रहेको थियोे । तालिममा वदलिदो परिवेशमा पत्रकारीतामा एआईको प्रयोग, पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता तथा मल्टिमिडियामा सन्दर्भ सामाग्री कसरी निर्माण गर्ने भन्ने बिषयमा प्रशिक्षण गराईएको थियोे । हिजो र आज गरि दुई दिन सञ्चालन भएको तालिममा प्रशिक्षक विकास कार्की , वेद प्रकाश तिमिल्सैना लगायतले प्रशिक्षण गराउनु भएको थियोे । तालिममा सहभागी पत्रकारले तालिम उपलब्धिमुलुक रहेको र तालिममा सिकेका कुरा आगामी दिनमा कार्यक्षेत्रमा प्रयोग गर्ने बताउनुभयो । तालिमको समापन कार्यक्रम प्रदेश समितिका अध्यक्ष भरत बहादुर शाहको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले तालिमले पत्रकार लाई निर्देशन गर्न सहज हुने भएतापनि सिकाई प्रकृया निरन्तर चल्ने भएकोले पत्रकारले क्षमता अभिवृद्धि गर्न आफै सक्रिय रहनुपर्ने बताउनुभयो । तालिम अवधि छोटो भएकाले तालिममा सिकेका कुरा लाई अभ्यासमा जोड दिन आग्रह गर्नुभयो । समापन कार्यक्रमको सञ्चालन समितिका महासचिव शिवराज भट्टले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय