हिक्मत बहादुर नेपाली
अछाम चैत १९ । आज देखि सुरु भएको एसइई परीक्षामा अछामका २४ केन्द्रमा ४ हजार ४ सय ९१ जना विद्यार्थी सहभागी भएका छन । नियमित परिक्षार्थी ३८ सय नियमित प्राविधिक धार तर्फ १ सय ५६ र दुवै तर्फ ग्रेड वृद्धि तर्फका ६९१ परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई अछामका सूचना अधिकारी सुरेन्द्र प्रसाद बजगाईले जानकारी दिनुभयो । आज पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परीक्षा जिल्ला भर शान्तिपूर्ण रुपमा सम्पन्न भएको उहाँले बताउनुभयो । जिल्ला भरका १ सय १ माद्यामिक विद्यालयका विद्यार्थी परीक्षामा सहभागी रहेका छन ।


तस्बिर : हिक्मत बहादुर नेपाली /अछाम ।
श्री जाल्पा देवी मावि ढाँकु अछाम केन्द्रमा सहभागी परीक्षार्थी र विद्यालय परिसर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय