अछाम । सक्रिय युवा संजाल कमलबजार अछामका आबद्ध सदस्यहरूको सक्रियतामा कमलबजार नगरपालिका भित्रका १०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सत्रको सुरुवातमा कापी, कलम, झोला लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई नयाँ शैक्षिक सत्रप्रति उत्साहित र प्रोत्साहित गर्ने उद्देश्यले गरिएको यस अभियानलाई स्थानीय स्तरमा सकारात्मक रूपमा लिइएको छ। उक्त संस्थाले यसअघि पनि निरन्तर रूपमा विभिन्न सामाजिक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
बैशाख १५ गतेबाट सुरु गरिएको अभियानमा बीरपथ , बयाला र सेराको सम्बन्धित वडासम्म नै पुगेर वितरण गरिएको हो । केही घरदैलोमा पुगेर समेत वितरण गरिएको थियोे । विभिन्न सुचक तयार गरि एक सय प्लस विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको ह‍ो ।
यस अभियानमा जोडिएर सहयोग गर्ने साथीहरु, आफुलाई जिम्मेवारी दिने साथीहरु लाई बालाराम ढकालले धन्यवाद व्यक्त गर्नु भएको छ साथै विद्यार्थी छनोट गर्न सहयोग गर्ने स्थानीय लगायत सम्पुर्णमा हार्दिक आभार प्रकट समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय