हिक्मत बहादुर नेपाली
अछाम बैशाख २८ ।
भष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम आज सोमबार कमलबजारमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
साँघुरो सोच, संस्कार र व्यवहार नियन्त्रण हुन्छ भष्टाचार भन्ने आयोगको नारा लाई सार्थकता तुल्याउन सुदूरपश्चिम प्रदेशका विभिन्न पालिका स्तरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सुशासन, निष्पक्षता, पारदर्शिता आयोगको मुल मर्म बमोजिम कार्यालयले कार्य सम्पादन गरिरहेको आयोगले बताएको छ ।
साथै आयोगमा आउने उजुरी तथा गुनासोका सम्बन्धमा जानकारी गराइएको थियोे ।
भष्टाचार नियन्त्रणमा स्थानीय सरकार तथा आम नागरिकले के कस्तो भुमिका खेल्नुपर्छ भन्ने बिषयमा कार्यक्रममा उपस्थिति विभिन्न सरोकारवाला व्यक्ति संग गहन छलफल गरिएको थियोे ।
कार्यक्रममा बोल्दै कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाहीले भष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सम्बन्धित कार्यालयको रहने भएकाले आफ्नो मातहतका सम्पूर्ण कार्यालयमा खबरदारी गर्ने र सुशासन कायम राख्न प्रतिबद्ध रहने बताउनुभयो ।
यस्तै कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवरले आफ्नो कार्यक्षेत्र भित्रपर्ने विभित्र योजनाको अनुगमनको पाटो लाई कडाइ गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकालले सबै नागरिक भष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न प्रत्येक नागरिक पहरेदार बन्नुपर्ने बताउनुभयो । यस अघि आयोगको तथ्यांकमा उजुरीको प्रकृति हेर्दा कार्यालय प्रमुखको मिलेमतोमा भष्टाचार हुने गरेको पाईएकाले आगामी दिनमा कार्यालय सतर्क रहनुपर्ने बताउनुभयो । कमलबजार नगरपालिकामा आफू निर्वाचित भएर आए देखि विधिको शासन कायम गर्न भष्टाचार विरुद्ध शून्य सहनशीलता कायम गरिएको बताउनुभयो । वेलावेला यस्ता अन्तरक्रिया आयोजना गरेर स्थानीयतह लाई सतर्क गराउन आवश्यक रहेको उहाँको भनाई छ ।
कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख उपसचिव अमित कुमार यादब अध्यक्षतामा सम्पन्न भएको हो ।
उहाँले कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशमा रहेका ८८ स्थानीय तह मध्ये ३० वटा पालिका अन्तरक्रिया कार्यक्रमका लागि छनोट गरिएको र सोही बमोजिम कमलबजार नगरपालिकामा कार्यक्रम गरिएको बताउनुभयो । भष्टाचार कहि कतै भएको भए प्रमाण सहित कार्यालयमा उजुरी गर्न सकिने उहाँले जानकारी दिनुभयो । हाल सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाल सम्म २७ हजार उजुरी दर्ता भएता पनि १३७ उजुरी छानबिनको दायरामा गरेको बताउनुभयो । अछाममा यश आवमा ७० वटा उजुरी छानबिनको दायरा रहेको र कमलबजार नगरपालिकाको १८ वटा उजुरी परेको तथ्यांक सार्वजनिक गर्नुभयो । उहाँले कार्यक्रममा सहभागीहरुका प्रश्नको जवाफ दिदै कार्यक्रम समापन गर्नु भएको थियोे ।
कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, वन उपभोक्ता समितिका पदाधिकारी, विभिन्न आयोजनाका उपभोक्ता समिति, विभिन्न क्षेत्रमा आवद्ध सरोकारवालाको सहभागीता रहेको थियोे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय