कमलबजार, जेठ ०६ ।
World Vision International Nepal को सहयोग, Aastha Nepal को सहजीकरण, कमलबजार नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वय तथा नगर बाल सञ्जालको आयोजनामा “मेयरसँग बाल संवाद” कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ।
नगर बाल सञ्जालकी अध्यक्ष भावना भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा आस्था नेपालका कोषाध्यक्ष लक्ष्मण बिष्ट, कमलबजार नगरपालिका शिक्षा शाखा प्रमुख ऋषिकेश ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगाना, उजुरी प्रशासक प्रमुख रामबहादुर बिष्ट, मनोसामाजिक सहजकर्ता कल्पना देवकोटा, WAC Nepal सेफ गर्ल परियोजनाकी परियोजना अधिकृत दीपा बम, आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही, वाक नेपालका फिल्ड परिचालक दिनेश विक लगायत बाल सञ्जालका पदाधिकारी र कमलबजार नगरपालिकाका विभिन्न वडाका बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
“बाल संरक्षण र बाल अधिकारको सुनिश्चितता, हाम्रो प्रतिबद्धता उज्ज्वल भविष्यको सुनिश्चितता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कमलबजार नगरपालिकाका बालबालिकाहरूले शिक्षा, संरक्षण, बाल अधिकार, जोखिममा रहेका तथा अपाङ्गता भएका बालबालिकाको सहयोग, शैक्षिक गुणस्तर सुधार तथा बालमैत्री वातावरण निर्माणका विषयमा गहन प्रश्नहरू उठाएका थिए।
कार्यक्रममा नगर प्रमुख यज्ञ प्रसाद ढकाल तथा अन्य सरोकारवालाहरूले बालबालिकाबाट उठाइएका प्रश्नहरूको जवाफ दिँदै हालसम्म स्थानीय तहले बालबालिकाको क्षेत्रमा गरेका कामको प्रभाव, आगामी आर्थिक वर्ष २०८३/०८४ का योजना तथा बाल समृद्धिका लागि अघि सारिने कार्यक्रमबारे जानकारी दिएका थिए।
नगर प्रमुख ढकालले आगामी दिनमा बालबालिकाको क्षेत्रमा पर्याप्त बजेट व्यवस्थापन गरिने, जोखिममा रहेका तथा अपाङ्गता भएका बालबालिकालाई विशेष प्राथमिकता दिइने र भौतिक विकाससँगै मानवीय विकासमा समेत लगानी गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। साथै बालबालिकाले कु प्रथा अन्त्य गर्न र मोबाइलको दुरुपयोग रोक्न आफै सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन नगर बाल सञ्जालका पूर्व अध्यक्ष डिक्रा बजगाईले गर्नुभएको थियो भने सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले गर्नु भएको थियो । कार्यक्रमको विस्तृत अडियो र भिडियो हामी विभिन्न फेसबुक पेज, युटुव र अनलाइन मा राख्नेछौ ।

https://www.facebook.com/share/p/1FnKyae3hw/




