कमलबजार, जेठ ०९ ।
पालिका स्तरीय बाल भेला आज कमलबजारमा सुरु भएको छ । कमलबजार नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वय, आस्था नेपाल वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग साझेदारी तथा सहजीकरणमा नगर स्तरीय बाल सञ्जालको आयोजनामा पालिका स्तरीय बाल भेला आयोजना भएको हो । जेठ ९ र १० गते आज र भोली गरि दुई दिन सम्म चल्ने भेलाको उद्धाटन कार्यक्रम नगर बाल सञ्जालका उपाध्यक्ष भुमिका बिष्टको अध्यक्षतामा शुरू भएको कार्यक्रममा नगर प्रमुख यज्ञ प्रसाद ढकाल प्रमुख अतिथी रहनु भएको थियो र यस्तै कार्यक्रमका बिशिष्ट अतिथी शारदा विष्ट कुँवर रहनु भएको थियो । कार्यक्रममा अथितिको रुपमा कमलबजार नगरपालिकाका प्रशासकीय अधिकृत खडग बहादुर विष्ट, महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगाना, सेफ गल परियोजनाका अधिकृत दिपा बम, आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही, सामुदायिक मनोसामाजिक सयोजक कल्पना देवकोटा, हातेमालो परियोजनामा कार्यरत दिनेश विक, पत्रकार हिक्मत बहादुर नेपाली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सबै वडाका बालबालिका हरुको प्रतिनिधित्व रहेको थियो ।
बालबालिकाको समग्र विकासका लागि बाल बालिकाको वार्षिक उत्सवको रुपमा पालिका स्तरमा बाल बालिकाको प्रमुख समस्या पहिचान गरी योजना निर्माण गरी स्थानीय सरकारलाई आगामी वर्षको नीति तथा कार्यक्रममा उक्त योजना समाबेश गराउने उद्देश्यका साथ पालिका स्तरमा बाल भेला सञ्चालन गरिएको थियो ।
बाल भेलाको महत्व ,बालबालिकामा लगानी किन गर्ने, बाल संरक्षण तथा बाल अधिकारको बारेमा जानकारी गराइने छ । बजेट निर्माणका सात वटा मुख्य चरणहरुको बारेमा सहजीकरण गरिने छ ।
पालिकामा बाल बालिकाका प्रमुख सवालहरु पहिचान गरि बाल बालिकाहरूले उक्त सवाल हरुलाई विभिन्न चरणमा कार्यन्वयन गर्ने, विभिन्न बालबालिका क्षेत्रका समस्या न्यूनीकरण गरी समग्र बाल विकास बाल सम्बृद्धिमा सहयोग पुर्याउनका लागि बाल बालिकाले विभिन्न बालबालिका अभिभाबक र सरोकारवाला संग बाल विवाह अन्त्य गर्ने, लागू पदार्थ दुव्र्यसनी घटाउने, अनलाइन सुरक्षा लगायतका सवाल न्यूनीकरण गर्न अन्तक्र्रिया तथा क्षमता विकासका कार्यक्रम गर्ने, बाल सञ्जाल लाई क्षमता विकास गर्ने लगायतका सवालमा दुई दिन सम्म गहन छलफल गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय