कमलबजार फाल्गुन १७ ।
आगामी चैत्र ५ गते हुने स्ववियू निर्वाचनको अछाममा पनि रौकता बढ्दै गएको छ ।त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै जिल्लामा स्ववियू निर्वाचनको रौकता बढ्दै गएको हो ।पछिल्लो समय जिल्लामा अवस्थित बहुमुखी क्याम्पसहरुमा निर्वाचन समिती गठन,विभिन्न पार्टीका भातृ संगठन विस्तारका कार्य तिब्र गतिमा भइरहेका छन ।स्ववियु निर्वाचनलाई मध्येनजर गर्दै अखिल क्रान्तिकारी अछामले पनि क्यापस स्तरीय इकाई कमिटी गठन कार्यलाई निरन्तरता दिएको छ ।जस अनुसार जिल्लाको कमलबजार नगरपालिकामा अवस्थित कमलबजार बहुमुखी क्याम्पसमा पनि अखिल क्रान्तिकारीको क्याम्पस स्तरीय इकाइ कमिटी गठन गरिएको हो ।तपेन्द्र भण्डारीको अध्यक्षतामा १५ सदस्यीय क्याम्पस स्तरीय कमिटी गठन गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लाल बहादुुर साउदले जानकारी दिनुुभएको छ ।
कमिटी गठन कार्यक्रमकाे प्रमुख अतिथि अखिल क्रान्तिकारी केन्दृिय सदस्य धुर्ब रावल, विशिष्ट अतीथि नेकपा माओवादी केन्द्र सुदुर पश्चिम प्रदेश कमिटी सदस्य रण बिस्ट, अतिथी खडक भण्डारी, पार्टी जिल्ला कमिटी सदस्य खगेन्द्र ढकाल , अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष लाल बहादुर साउद ,जिल्ला उपाध्यक्ष कमल थापा . कैलाली जिल्ला सदस्य कमल रावल रहेका थिए भने कार्यक्रमकाे सञ्चालन अखिल क्रान्तिकारी जिल्ला सह सचिब जगत शर्मा ले गरेका थिए ।




