कमलबजार, चैत्र ३ ।
नेकपा एमालेको वडा कमिटी बैठक कमलबजार नगरपालिका वडा नं ८ मा शुक्रबार सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष रमेश बहादुर चलाउनेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । वडा कमिटीको आजको बैठकले आसन्न चैत्र ५ गते सम्पन्न हुन गईरहेको स्ववियू चुनावमा अनेरास्वयु लाई जिताउन सहयोग गर्ने र चैत्र १५ गते भित्र संगठन बिस्तार गर्नका लागी टोल कमिटी गठन गर्नका साथै पार्टी सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको वडा कमिटी सचिब दल बिष्टले कमलबजार दैनिक डटकम लाई जानकारी दिनु भयो ।




