सुबाश अधिकारी, २०८० जेठ १२, कमलबजार, अछाम

नगर कार्यपालिकाको बैठक स्थगित भएको छ । विविध बिषयमा महत्वपूर्ण छलपल गर्ने उद्यश्यले २०८० जेठ १२ गते शुक्रबार डाकिएकोे कमलबजार नगरपालिका नगर कार्य पालिकाको बैठक स्थगित भएको हो । पत्रकार मार्फत सामाजिक संजालमा प्रत्यक्ष प्रसारण गर्ने भनिएको बैठकमा बिभिन्न वडाका वडा अध्यक्ष लगायत अन्य कार्यपालिका सदस्यको अनुपस्थितीको कारण बैठक बस्न नसकेको नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताउनु भएको छ ।

कार्यपालिका सदस्यहरु लाई समयमै जानकारी गराउदा पनि वडा अध्यक्ष तथा अन्य कार्यपालिका सदस्यहरुको अनुपस्थितीका कारण बैठक स्थगन भएको बताईएको छ ।

“वडा अध्यक्ष बाट बैठक लाईभ गर्ने भए हामी आउदैनौ, भन्ने खालको अपुष्ट खबर आएको छ, त्यस बाहेक मलाई केहि जानकारी छैन्,” नगर प्रमुख ढकाल भन्नुभयो ।
निर्वार्चित भएको १ बर्षको अवधीमा वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरु संग मिलेर जाने अधिकतम प्रयास गरे पनि सफल नभएको बताउनु भएको छ । आफुले मिलेर जाने कुरामा हदै सम्म लचकता अपनाए पनि कार्यपालिकाको काम कार्वाही प्रती सन्तुष्ट हुन नसकेको बताउनु भएको छ ।

कार्यपालिकाले गरेका निर्णयहरु आम जनताले सहजै जानकारी पाउन भन्ने भन्ने उद्यश्यले बैठकको लाईभ गर्ने कुरा गरेको बताउदै नगर प्रमुख ढकालले निर्धारीत समय बिहान ११ बजे भएको हुदा पनि १२ बज्दा सम्म उपस्थित नभएपछि बैठक बस्न नसकेको उल्लेख गनुभयो ।

“हामीले नगरकार्यपालिका बाट गरेका निर्णयहरु आम नागरिकले जानकारी हुनुपर्दछ, त्यो सुचनाको हक पनि हो, नागरिकलाई सबै कुराको जानकारी हुन आवश्यक हुन्छ, त्यसैले मैले बैठक लाईभ गर्ने गरि बोलाएको हु, तर आउनु भएको छैन्,” उहाले अगाडी थप्नुभयो ।

स्थानिय तहको कार्यपालिकामा बहुमत र अल्पमतको अवधारण नभएको बताउदै उहाँले जनप्रतिनिधीहरु ब्यक्तिगत रुपमा स्वार्र्थी बन्न नहुने उहाँको भनाई छ । मिलेर जानुपर्छ भन्दै १ बर्ष देखि निरन्तर प्रयत्न गरेको स्मरण गर्दै नगर प्रमुख ढकालले कर्मचारीहरुको म्याद थप्ने वा नथप्ने भन्ने बिषयले निकै नै चर्चा पाएको पनि उल्लेख गनुभयो ।

“कार्यपालिकाको बैठकमा छलफल हुदा मतभेद हुनसक्छन्,हामिले मिलेर जानुपर्छ भन्ने मान्यता राख्छु, हामी निर्वार्चित जन प्रतिनिधीहरुले स्वार्थमा केन्द्रित हुनुहुदैन,” नगर प्रमुख ढकालले भन्नुभयो ।

करार कर्मचारीहरुको म्याद थप्ने वा नथप्ने कुरामा मात्रै नगरपालिका अल्झिन नहुने भन्दै उहाले अब यो बिषयलाई टुंग्याउनु पर्नेमा आफु लचिलो रहेको पनि बताउनु भएको छ ।
निर्धारीत समय भन्दा १ घण्टा ढिलो हुदा सम्म पनि वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि शुक्रबारका लागी डाकिएको बैठक स्थगित भएको पनि उहाले बताउनु भयो । काम बिशेषले आफु जिल्ला बाहिर जानुपर्ने भन्दै उहाले अर्को बैठक १५÷१६ दिन पछि मात्र बोलाउने पनि नगर प्रमुख ढकालले जानकारी दिनुभयो ।

 

“जनताको भावना विपरित भएर हामी जानु हुदैन, विकासका लागी एकजुट भएर जानुपर्छ” उहाले भन्नुभयो । आगामी दिनमा त्यसै अुसार सहकार्य गरेर जाने कुरामा आफु दृढ रहेको नगर प्रमुख ढकालको भनाई छ ।

यस्तै

कमलबजार नगरपालिका नगर कार्यपालिकाको बैठक वडा अध्यक्ष तथा कार्यापालिकाका सदस्य अनुपस्थिीतका कारण स्थगित भनाइ प्रती खण्डन भएको छ । कमलबजार नगरपालिकाका प्रवत्ता समेत रहेका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले वडा अध्यक्ष तथा कार्यापालिका साँझ पालिकाका उपस्थिीत रहदा समेत बैठक नवसेको बताउनु भयो ।
सहमती नभएका कारण बैठक नबसेको हो तर नगर प्रमुखको एक पक्षिय समाचार सम्प्रेषण भएको प्रति गम्भिर ध्यानाकर्षण भएको वडा नं ७ का वडा अध्यक्ष नृप बहादुर बोहराले बताउनु भयो ।
यस अघि नगर प्रमुख यज्ञ प्रसाद ढकालले ११ बजे बोलाईएको बैठकमा समयमै कार्यापालिकाका सदस्य तथा वडा अध्यक्ष उपस्थिीत नभएकोले बैठक स्थगीत भएको सञ्चारकर्मी संग बताउनु भएको थियो । आजको कार्यपालिकाका बैठक सञ्चारमाध्याम बाट लाईभ गर्ने नगरप्रमुखको भनाई थियो ।

यसैबिच
नगर प्रमुख ढकालले पछिल्लो समयमा गाई, भैसी तथा गोरुमा देखिएको लम्पि स्किन रोगको बारेमा छलफल गर्न शुक्रबार आज को बैठक बोलाईएको बताउनु भएको छ तर वडा अध्यक्ष तथा अन्य कार्यपालिका सदस्य बैठकमा उपस्थित नभए पछि यो बिषयमा कुनै पनि छलपल नै हुन् सकेन । खेतिपातीको समयमा गाई गोरुमा सो देखिए संगै नगरपालिकाका कृषकहरु समस्यामा परेका छन् ।

पालिकाका बिभिन्न वडाहरुमा गाई तथा गोरु मर्ने क्रम बढ्दै गरेको खबर आएको भन्दै नगर प्रमुख ढकालले यस बिषयमा गम्भीर छलफल गर्नका लागी आपतकालिन बैठक बोलाईएको उहाको भनाई थियो । यस्तै उहाले गत बर्ष आएको बाढी पहिरोको कारण खेतबारी छेउछाउका कुलोहरु बगाएको प्रति चिन्ता ब्यक्त गर्दै यो बिषयमा छलफलको एजेण्डा रहेको उहाको भनाई थियो ।

अर्को बैठकमा चाडै नै यस समस्याको समाधानका लागी किसानलाई पाईपको व्यवस्थापन गरिनु पर्ने कुरामा उहाको जोड थियो । गाई गोरुमा देखिएको लम्पी स्किन रोग न्युनिकरणका लागी पालिकाका बिभिन्न वडाका किसानका बस्तु भाउ लाई निको पार्न बजेटको व्यवस्थापन गर्न नगर सरकार चाडै नै जुट्ने बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय