टेक बहादुर थापा   -अछाम , श्रावण १८

तुर्माखाँद गाउँपािलका वडा न ८ को धमालीमा रहेको धमाली स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/८० मा स्वाथ्यचौकी बाट प्रदान गरिएका सेवा र अन्य गतिविधिको बारेमा जानकारी गराउने तथा सेवाग्राहीको स्वास्थ्य संस्था प्रति आकर्षण बढाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । स्वास्थ्य संस्थालाई आगामी दिनमा थप उत्तरदायी बनाउने र स्वास्थ्यचौकी बाट प्रदान हुदै आएका सेवाप्रति नागरिकको विश्वाश कसरी बढाउन सकिन्छ भन्ने विषयमा बृहत रुपम छलफल गरिएको थियो । कार्यक्रममा सहभागि स्थानीय सरोकारवालाले स्वास्थ्यचौकी धमाली बाट प्रदान हुदै आएका सेवाहरु प्रभावकारी रहेको हुदा आगामी दिनमा नागरिकको भावना अनुसार कामगर्नुपर्ने सुझाव दिएका थिए । अहिले पनि सरकारी स्वास्थ्य संस्था भन्दा पनि गाउँठाउमा संचालित निजि क्लिनिक प्रति नागरिकको आकर्षण बढिरहेकाले यस तर्फ स्वास्थ्य संस्था सचेत हुदै नागरिक मैत्री सेवामा ध्यान दिन सुझाव दिएका छन । नागरिकहरुका गुनासोलाई सम्बोधन गर्दै हाल देखिएका समस्या समाधानका लागि स्वास्थ्यचौकी तथा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने माग गरेका छन । स्वास्थ्य चौकीको मातहतमा रहने गरि एम्बुलेन्स संचालनमा रहेकाले चाडो भन्दा चाडो भाडादर कायम गर्नुपर्ने र एम्बुलेन्स चालक वडा न ८ कै स्थानीय रहनुपर्ने कार्यक्रममा अधिकांश सरोकारवालाको जोड थियो । कार्यक्रममा बोल्दै स्थानीय अगुवा तथा जेष्ठ नागरिक बृकेशे कामीले धमाली स्वास्थ्य चौकीले राम्रो सेवा दिएको भन्दै प्रशंसा गर्नुभएको थियो । पहिले र अहिलेको भन्दा गाउँठाउमा राम्रो विकास भएको र यसलाई थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि वडाका सरोकारवालाले सोधेका प्रश्नको जवाफ दिदै स्वास्थ्यचौकी धमालीका ईन्चार्ज शान्ती बिकले आफुहरु आफ्नो कर्तव्य प्रति कटिबद्ध रहेको बताउनुभएको छ । काम गर्दै जादा केही कमजोरी हुनु स्वाभाविक भएको भन्दै उहाले स्थानीय सेवाग्राहीले दिएको सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । स्वास्थ्य क्षेत्रको विकास कुनै एक क्षेत्रको पहलमा मात्रै राम्रो बनाउन नसकिने भएकाले वडाका सबै सरोकारवालाले साथ दिनुपर्नेमा जोड दिनुभएको थियो । आफुहरु संग भएको स्रोत साधनको समुचित ढंगले प्रयोग गरि वडाका नागरिकहरुलाई सेवा दिने काम भईरहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतितिको आशनबाट बोल्दै वडा अध्यक्ष निरक बहादुर शाहीले वडाले सरकारले यस्ता सार्वजनिक संस्थाहरुको आगामी दिनमा क्रमश रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने बताउनुभयो । वडाको मातहतमा रहेका सबै संस्थाहरुले गरेका गतिविधिहरु पत्रकारको रोहबरमा सार्वजनिक गरिने र संस्थाका गतिविधिलाई पारदर्शि बनाउने कुरालाई निरन्तरता दिईने बताउनुभयो । वडामा रहेका विभिन्न शैक्षिक संस्था, सहकारी, सामुदायीक वनहरुले यसका लागि तयारी अवस्थामा रहनुपर्ने अध्यक्ष शाहीको भनाई छ । आफु निर्वाचित भईसकेपछि वडाका सबै गतिविधिमा पारदर्शि बनाउने प्रयास गरिरहेकाले वडाका राम्रा कामहरुमा साथ दिन आग्रह समेत गर्नुभएको छ । वडा सरकारले गरेका राम्रा कामहरुमा साथ दिने संस्कारको विकास गरि नमुना वडा बनाउने अभियानमा साथ दिन वडाबासीलाई अनुरोध गर्नुभएको थियो । वडाको पहिलो आवश्यक्ता केहो त्यस बारेमा आफु पहल गर्न तयार रहेको भन्दै उहाले वडाका जनताको जनचाहान अनुसार आफु काम गर्न तयार रहेको बताउनुभयो । वडामा दशै भित्र विद्युत बालीसक्ने, वडामा कुटानी पिसानीका लागि मिल संचालनका लागि आफुु प्रतिबद्ध रहेको समेत वडा अध्यक्ष शाहीको प्रतिबद्धता थियो । स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष दुर्गा बोहराको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्य केश बहादुर बिष्ट, लाल बहादुर तिरुवा, जैशरा बिकको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी धमाली बाट एक बर्षको अवधिमा सेवालिने सेवाग्रहीको संख्या, विभिन्न शाखा बाट प्रदान गरिएको सेवा र त्यसको अवस्थाको बारेमा कर्मचारीहरुले जानकारी गराउनु भएको थियो । एक बर्षको अवधिमा वडाका ४ हजार १ सय जनाले स्वास्थ्य सेवा लिएका समेत जानकारी गराईएको थियो । कार्यक्रममा नेपाली काग्रेसका गणेश बहादुर शाही, नेकपा एमालेका खकेन्द्र जैसी, नेकपा माओवादी केन्द्रका भिम बहादुर बिष्ट, नेकपा एकिकृत समाजवादीका कुल बहादुर शाही लगायत वडाका समाजसेवी,बुद्धिजिवी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका लगायत वडाका सबै सरोकारवालाको सहभागिता रहेको थियो । स्वास्थ्य व्यवस्थापन समितिका सदस्य बिष्णु प्रसाद भण्डारीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय