हिक्मत बहादुर नेपाली
अछाम श्रावण २२ ।
अछाममा जंगली जनावर बदेलले मकै धानबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत बनेका छन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानहरुले बताएका छन । राति घर बाहिर पहरा दिए पनि धान मकैबाली जोगाउन नसकिएको स्थानियको भनाई छ ।
अधिकांश खेत बारीमा किसानहरुले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बसेरे दमाहा बजाउने र होहल्ला गर्ने गरेका छन् भने फाटो लुगा कपडा टाँगेर मान्छे जस्तै पुतला बनाएर बिभिन्न उपाए अपनाए पनि कुनै उपाय नलागेको किसानहरुले बताएका छन् ।
जिल्लाको कमलबजार, मंगलसेन नगरपालिका, चौरपाटि गाँउपालिकाका बिभिन्न वडामा जंगली जनावर बदेलले धान मकैबाली नष्ट गरे पछि किसानहरु अहिले चिन्तीत बनेका हुन् ।
दिउँसोमा बाँदर र राति बँदेल, भालु कारण किसानहरूलाई पाक्न लागेको खेती जोगाउन समस्या परेको बदलले बालि नोक्सानी बर्षेनि गर्न थाले पछि खेति लगाउने किसानहरु मर्कामा परेका कमलबजार नगरपालिका वडा नं ५ का कृषक पशुपती तिमिल्सैनाले बताउनु भयो । जंगली जनावरले धान, मकै लगायतका बाली नष्ट गर्न थालेपछि खेतबारीमा आफु रातभर जाग्राम बस्ने गरेको कमलबजार नगरपालिका वडा नं २ का कृषक तपेन्द्र खड्काले बताउनु भयो ।
कमलबजार नगरपालिकाका बिभिन्न ठाँउमा लगाएको मकै वालि नष्ट गरेको छ । कमलबजार नगरपालिका वडा नं ८ पास्तोलीमा ८ जना किसानको मकैवाली आईतवार राती नष्ट गरेको वडा सदस्य झंकर बिष्टले कताउनु भयो ।
यस्तै मंगलसेन नगरपालिका वडा नम्बरमा ६ मा बदेलले कृषकले लगाएको मकै बाली नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका छन् । वडाका विभिन्न स्थानमा लगाइएको मकै बाली जंगली जनावर बदेलले नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका हुन् । रातको समयमा बदेलले मकै बाली नष्ट गर्ने गरेको स्थानीय कृषक तथा वडा नम्बर ६ का वडा सदस्य जन्मराज भण्डारीले बताउनुभयो ।
खेती स्याहार्ने बेला बदेलले उत्पात मच्चाउन थालेपछि वडाका ६ वटै टोलका किसान अहिले चिन्तित बनेको वडा सदस्य भण्डारीले बताउनुभयो ।
गत बर्ष पनि यो ठाउँमा बदेलले आतङ्क नै मच्चाएको थियो ।मकै बाली भित्र्याउने समय नहुदै अहिले नै बदेलले मकै सखाप पार्न थाले पछि कृषकहरु रातभर जागाराम बस्न बाध्य छन् । मकै बालीलाई बचाउन निकै गा¥हो भएको स्थानीयहरुले बताएका छन । यसको समस्या समाधान र क्षेतीपुर्तिको लागि पालिकाले पहल गरीदिनु पर्नै किसानहरुको भनाई रहेको छ ।
जंगली जनावारले क्षती पुर्योएका किसानका लागी स्थानीय पालिकाको कृषि शाखाको कुनैं कार्यक्रम नभएता पनि जिल्ला वन कार्यालय मार्फत केहि राहतको व्यवस्था गरिने भएतापनी झन्झटिलो प्रक्रिया भएकाले किसानले राहत महसुस गर्न नसकेको कमलबजार नगरपालिकाका कृषि शाखा प्रमुख शुनिल कुँवरले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय