कमलबजार ,भाद्र २० ।
कमलबजारमा तीन ठाँउमा मड्का फुटाउने कार्यक्रम गरी श्री कृष्ण जन्माष्टमी मनाईएको छ । समाज सुधार युवा क्लव कमलबजार नगरपालीका वडा नं २को आयोजनामा कमलबजार नगरपालिकाको प्रांगणकोमा भएको मट्का फुटाउने कार्यक्रममा कमलबजार नगरपालीका वडा नं २ निवासी पुर्व कमलबजार नगरपालिका नगर कार्यपालिकाका सदस्य जानकी देवी बिष्टले मट्का फुटाउनु भएको थियो , उहाँलाई २५ सय पुरुस्कार हस्तान्तरण गरिएको थियो । समाज सुधार युवा क्लवले आयोजना गरेको कार्यक्रम क्लबका अध्यक्ष रमेश खड्का अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी कमलबजार नगरपालिका वडानं २ का वडा अध्यक्षतामा सम्पन भएको थियो ।
यस्तै कमलबजार युथ नेटवर्कको आयोजनामा बजारको मिलन चोकमा भएको मटका फुटाउने कार्यक्रममा स्थानीय व्यापारी प्रेम बहादुर बिष्टले मट्का फुटाृउन सफल हुनु भएको थियो । उहाँलाई प्रन्ध्र सय पुरुस्कार हस्तान्तरण गरिएको थियो ।
आजै नेटवर्कको आयोजनामा म नगर प्रमुख भएभने शिर्षकमा भएको निबन्ध प्रतियोगीतामा बिद्या प्रबोधनी मा बि घोडासैनका इन्द्र बिक प्रथम हुनु भएको छ । उहाँले दुईहजार नगद सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । यस्तै द्धितियमा महाकाली माबी कुईकाका रमेश भुल हुनु भएको छ । उहाँले पन्ध्र सय पुरुस्कार प्राप्त गर्नु भयो । तृतीयमा कालीका माबी बिरपथका लक्ष्मि शाही हुनु भएको छ । उहाँले एक्र हजार पुरुस्कार प्राप्त गर्नु भयो । सो कार्यक्रम कमलबजारका बिभिन्न पेशामा आवद्ध युवा मिलन नेपाली, बालाराम ढकाल, रमेश बजगाई,चेतराज ढकाल लगायतको सक्रियतामा सम्पन्न भएको हो ।
कमलबजारका सक्रिय युवाको आयोजनामा पुरानो चौकीको खुल्ला कैदानमा आयोजना भएको मट्का फुटाउने कार्यक्रमका कमलबजार नगरपालिकाका वडा नं ८ का बम बिकले मट्का फुटाउनु भएको थियो जित्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय