
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुस्साहस खारेज भएको बताएका छन्।
ओली सरकारको संसद विघटन गर्ने निर्णय सर्वोच्च अदालतले उल्ट्याएर संसद पुनःस्थापनाको फैसला गरेपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
थापाले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्,‘हामी सबैलाई बधाइ! संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ। अदालतको विना भय र दवाव, विवेकसम्मत् रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’