
जिल्ला प्रशासन कार्यलय अछामले छाउपडी कु(प्रथा, बालविवाह र जातीय विभेद हटाउन राष्ट्रव्यापी वृहत् चित्रकला प्रतियोगिता आयोजना गरेको छ। अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले यो प्रतियोगिता गर्न लागिएको बताएका छन्। उपाध्यायका अुनसार प्रतियोगिताको प्रथमलाई ४० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार व्यवस्था गरिएको जानकारी सोमबार दिएका छन्।
यो प्रतियोगिताको प्रथम चरणमा कलाकारले उक्त थिममा चित्रकला तयार पारी फागुन १८ गते भित्र जिल्ला प्रशासन कार्यालयको ईमेलमा पठाइ सक्नु पर्ने छ। उक्त चित्रलाई सामाजिक सञ्जाल फेसबुकमा भोटिङका लागि राखिने भएको छ। त्यससँगै विज्ञहरुको मतका आधारमा उत्कृष्ट १० जनालाई दोस्रो चरणका लागि बोलाइने भएको छ।
यो क्रममा थप १० कलाकारलाई आयोजकले विज्ञहरुको परामर्श तथा व्यक्त्तिगत अन्तर्वार्ताका आधारमा सोझै प्रतियोगितामा बोलाइने जिल्ला प्रशासन कार्यालय अछामले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। सहभागी हुन चाहने कलाकारहरुले अछामका सहायक प्रमुख जिल्ला अधिकारी रन्जन प्रसाद तिमिल्सैनालाई ९८५८४८८०७० मा सम्पर्क गरी नाम दर्ता गराउन सक्ने छन्।
यो अभियान लाई सफल पार्न सबैको साथ, सहयोग, समर्थन र सुझाव का लागी समेत अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले आफ्नो फेसबुक पोष्ट मार्फत अनुरोध समेत गरेका छन्।