🎤 राम कृष्ण ढकाल (नेपालि काँग्रेस प्रदेश प्रतिनिधि)क.न. पा.३ अछाम ।
कमलबजार नगरपालिका को मिति २०८० कार्तिक २१गतेको नगरकार्यपालिकाको बैठकको निर्णयले नगरको निकास होइन झन समस्या बल्झाएको छ ।रोजगारीका अबसरहरु सिर्जना गर्नुपर्ने ठाँउमा लामो समयदेखि काम गर्दै आएका नगरपालिकाका सम्पुर्ण करार कर्मचारीहरुलाइ एकमुष्ट हटाउने निर्णयले सामान्य गुजारा बाट पेट पालिरहेका कर्मचारी माथिको अन्याय हो । यो राजनीतिक प्रतिसोध हो,अन्याय पुर्ण ,पुवार्ग्रह्युक्त र आपत्तिजनक छ । लामो समयसम्म कामगरेको तलब दिनुको सट्टा उल्टइ तिहारको नजिक जागिरबाट निकालिदिनुले स्थानीय सरकारप्रतिको बिश्वस्नियता घटदै जानु हो ।जनप्रतिनिधिहरु ले शुसासन होइन कि यति निर्मम बनेकी फरक आस्था र बिचार राख्ने कर्मचारी लाई पार्टीको सदस्यता लिन पनि बाध्यपारीदिएका छन ।
उदाहरण मेरै वडा कर्मचारी हटाउदैमा कमलबजारको बिकास र निकास हुदैन महोदय तपाइहरुमा कति राजनितिक परिपक्वता ,राजनितिक सकार र क्षमता छ भन्ने कुरा आमनगरवासीलाइ प्रष्ट थाहा भैसकेको छ । एक ले अर्कालाई हिलो छ्याप्नु भन्दा पनि नगर प्रमुख ,उपप्रमुख ,वडा अध्यक्ष र कार्यपालिका सदस्य हरुले यश निर्णय लाई सच्याइ करारका कर्मचारीहरुलाइ छिटोभन्दा छिटो काममा फर्किने बाताबरण बनाइयोस। कर्मचारीको आन्दोलन प्रती मेरो पुर्ण साथ र समर्थन रहेको जानकारी गराउछु, धन्यवाद ।