अछामको कमलबजार नगरपालिकाले बहुक्षेत्रिय पोषण योजना अन्र्तगत पोषणको मात्रामा सुधारका लागी नमुना कृषक गाउ बनाउन कृषकलाई कृषी उपज विउविजन, टनेल तथा आधुनिक कृषि यन्त्र हाते ट्याक्टर अनुदानमा वितरण गरेपछी कृषकहरु व्यवसायीक तरकारी खेती तर्फ आर्कषित भएका छन ।  हिक्मत बहादुर नेपालीको रिपोर्ट ।
पालिकाको खाद्य सुरक्षा निर्देशन समिती द्धारा पोषण मैत्री नमुना गाँउ बनाउनका लागी वडा नं ३ बयाला लाई छनोट गरिएको छ । पोषण सुधारका लागी पहिलो चरणमा ५ लाख लागतमा ३५ जना कृषकलाई कृषी उपज विउविजन, पोलिहाउस ( टनेल ) तथा चौठेमाणु कृषक समुह लाई आधुनिक कृषि यन्त्र हाते ट्याक्टर अनुदानमा वितरण गरिएको बताउनु हुन्छ कृषि विकास शाखाका कृषि प्राविधिक सहायक शुनिल कुँवर ……………………आवाज ।

अनुदानमा वितरण गरिएका सामाग्रीले कृषकलाई थप सहज हुने बताउनु हुन्छ विगत ३ दशक देखी व्यवसायीक रुपमा तरकारी तथा फलफुल खेती गरिरहेका कमलबजार नगरपालिका वडा नं ३ का अगुवा कृषक टिकाराम ढकाल ……………………..आवाज

तरकारी खेतीका लागी पालिकाले सामाग्री दिएकोमा खुसी लागेको तर सिचाईका लागी पानीको अभाव रहेको बताउनु हुन्छ अर्का कृषक मना कामी ……………..आवाज

नमुना कृषी उद्यमी भएर जिविकोपार्जन गर्न सुझाव दिदैं पालिकाले कृषक लाई थप आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनु हुन्छ प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही …………..आवाज

वडा लाई नमुना कृषक गाउ बनाउनका लागी सवै कृषक लार्ई उदारणीय काम गरेर देखाउन वडा अध्यक्ष नन्द सिंह कुँवरको सुझाव छ । ………आवाज

पोषण मैत्री नमुना गाउको छुटै पहिचान बनाएर सबैको ध्यानाकर्षण गराउन सम्पुर्ण कृषकले उत्पादनमा जोड दिनुपर्ने बताउनु हुन्छ नगर प्रमुख यज्ञ प्रसाद ढकाल ………….आवाज

पोषणको मात्रामा सुधार ल्याउन तरकारी खेती तथा कृषि क्षेत्रमा तीनै तहका सरकारले लगानी बढाउदै कृषिकलाई प्रोत्साहन दिने र प्रत्येक्ष लाभ हुने कार्यक्रमहरु निति तथा कार्यक्रममा समेटेर कार्यान्वयनमा जोड दिनु पर्दछ ।
हिक्मत बहादुर नेपाली, अछाम ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय