अछाम : जिल्लाका ५ स्थानमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिबिर सञ्चालन हुने भएको छ ।
फागुन २४ गते देखि चैत्र ४ गते सम्म जिल्लाका छुट्टा छुट्टै ५ स्थानमा शिबिर संचालन हुने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।कमलबजार प्रथामिक स्वास्थ्य केन्द्रमा फागुन २४ गते, ढकारी स्वास्थ्य चौकीमा फागुन २६ गते, जिल्ला अस्पताल अछाममा फागुन २८ र २८ गते, बयालपाटा अस्पतालमा चैत्र २ गते तथा चौरपाटी प्राथमिक स्वास्थ्य केन्द्रमा चैत्र ४ गते शिबिर संचालन हुने स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।
स्वास्थ्य कार्यालय अछामको आयोजना तथा सुनौलो परिवार नेपालको सहयोगमा शिबिर संचालन हुन लागेको अधिकृत ढुंगानाले बताए ।