
हिक्मत बहादुर नेपाली
कमलबजार, पौष १८ ।
तपाईंको खबर सबैको सुरक्षा सुरक्षित अछाम हाम्रो अभियान मुख्य नाराका साथमा आज प्रहरी मातहतका विभिन्न सम्पर्क नम्बर उल्लेख भएको स्टिकर प्रत्येक नागरिकको घरमा टाँस्ने अभियान वडा नं १ मुलिको अल्पसंख्यक माझी बस्ती बाट सुरु गरिएको छ । ईलाका प्रहरी कार्यालय कमलबजारको सहजीकरण तथा पालिकाको सहयोगमा अभियान सुभारम्भ भएको हो । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले सुभारम्भ कार्यक्रममा व्यानर अनावरण गरेर अभियान सुरु गर्नुभएको थियो । लगत्तै नगरप्रमुख ढकाल, उपप्रमुख शारदा कुमारी बिष्ट (कुँवर ) र ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र सिंह जोहारीले अल्पसंख्यक माझी बस्तीका घरको ढोकाका फोन नम्बर उल्लेख भएका स्टिकर टास्नु भएको थियोे । आज दिन भरिनै प्रहरी टोलीले मुलिमा स्टिकर टाँसेका थिए । पालिकाका प्रत्येक घरमा स्टिकर टाँसेर अभियान समापन गरिने ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र सिंह जोहारीले बताउनु भयो । सुभारम्भ कार्यक्रममा कमलबजार नगरपालिका वडा नं १ मुलीका वडा अध्यक्ष भक्त बहादुर बोहरा , वडा नं ७ का अध्यक्ष नृप बहादुर बोहरा , निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट लगायत स्थानीय नागरिकको उपस्थिति रहेको थियोे ।