कमलबजार, १२ पुष
अछामको कमलबजार नगरपालिकामा पिसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आए पछि कोरोना परिक्षणको दायरा बढेको छ । कोरोना परिक्षणका लागी स्वाव बाहिर पठाउनु पर्ने समस्या टरेको छ । कोरोना भाइरस(कोभिड–१९)को परीक्षणका लागि आफ्नै ठाँउमा प्रयोगशाला सञ्चालनमा आई सेवा पाउँदा यहाँका नागरिक खुसी भएका छन भन्छन कमलबजार राष्टिय दैनिककर्मी हिक्मत नेपाली
स्थाई घर कमलबजार नगरपालिका वडा नं ४ चाल्सा भई हाल शिक्षणको शिलशिलामा दोलखा पुग्नु भएका पुर्ण बुढा दशैं नजिकिए संगै घर फर्किनु भयो । फर्किदा सार्वजनिक यातायात चढेर आएको र भिडभाडमा पनि गईएकोले कतै कोरोना भाईरसबाट संक्रमितपो भईएको छकी भनेर जचाउनु आवश्यक ठान्नु भयो । आफ्नै पालिकोको मुख्य केन्द्र कमलबजारमा कोरोना भाईरस परिक्षणका लागी आर.टी.पि.सी. आर प्रयोगशाला सञ्चालनमा आएको थाहा पाउँना साथ आफ्नो गाँउ फर्किएको पछिल्लो दिनमानै उहाँ जचाँउनका लागी कमलबजार आउनु भइको रहेछ । उहाँलाई मैले प्रयोगशालामा स्वाब दिनका लागी लाईनमा बस्नु भएको देखेर सोधेको थिए आफ्नै ठाँउमा पि.सी.आर परिक्षण गर्न पाउदा तपाई लाई कस्तो लागीरहेको छ । उहाँले सहजै भन्नुभयो खुसी लागीरहेको छ । अहिलेको बिषम परिस्थितीमा आफुलाई कोरोना संक्रमित भएको छकी छैन थाहा पाउन आर.टी.पि.सी. आर परिक्षण गर्ने आवश्यक हुन्छ । जुन सुविधा आफ्नै गाँउ ठाँउमा पाउनु त खुसीको कुरो हो । मैले यो भन्दा अघि काठमाण्डौको टेकु प्रयोगशालामा पनि परिक्षण गराएको थिए जुन खर्चिलो थियो । अहिलेत स्थानिय सरकारले नि.शुल्क परिक्षण गराईरहेको रहेछ । आम नागरिकको लागी प्रयोगशाला सञ्चालनमा ल्याई सुविधा दिन सफल भएकोमा स्थानिय सरकार लाई धन्यवाद दिन चाहान्छु उहाँले भन्नुभयो आगामी दिनमा पनि सरकारले जनताको जीवन रक्षाका लागी स्वास्थ्यको क्षेत्रमा सुधार गर्दै लैजान आवश्यक छ । रोजगारीको क्रममा भारत पुगेर घर फर्किएका नरेन्द्र दमाईले कोरोना परिक्षण आफ्नै ठाँउमा गर्न पाउदा आफुलाई कोरोना भाईरस (कोभिड १९) संक्रमित भए नभएको जानकारी लिन सहज भएको र आगामी दिनमा सजकता अपनाउन पनि सहज हुने बताए ।
आर.टी.पि.सी. आर प्रयोगशाला कमलबजारमा दैनिक औसतमा ५० भन्दा बढी नागरिक परिक्षणका लागी आईरहनु भएको प्रयोगशालामा कार्यरत स्टाप नर्स सिता साउदले जानकारी गराउनु भयो । कमलजार नगरपालीका संगै अछामका बिभिन्न पालिकाका र छिमिकि जिल्ला दैलेख, बाजुरा लगायतका क्षेत्रका नागरिक परिक्षणका लागी आईरहेको नर्स साउदले बताउनु भयो । प्रत्यक दिन दिउसो १ बजे देखी स्वाब संकलन हुने र संकलित स्वाबको ४८ घण्टा भित्र रिपोर्ट आउने गरेको छ । रिपोर्ट पोजेटिभ आएकालाई प्रगोगशाला बाट फोन गरी आईसुलेसनमा बस्न आग्रह गर्दछौ उहाँले भन्नु भयो । कमलबजारमा प्रयोगशाला सञ्चालनमा आए देखी यस क्षेत्रमा कोरोना परिक्षणको दायरा पनि बढेको छ । यो समाचार तयार पार्दा सम्म कमलबजारमा प्रयोगशालामा एक हजार सतहत्तर जनाको परिक्षण भएको छ । जस मध्य ४५ जना कोरोना भाईरस ( कोभिड १९ ) पोजेटिभ देखिएको सुचना अधिकारी टेक बहादुर बिष्टले बताए । नगरपालिकाले करिब एक करोडको लागतमा प्रयोगशाला सञ्चालनमा ल्याएको नगर प्रमुख ओमप्रकाश बिष्टले बताउनु भयो । यस अघि असोज २१ गते एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य माननिय यज्ञ बहादुर बोगटीले आर.टी.पि.सी.आर प्रयोगशालाको बिधिवत रुपमा उद्घाटन गर्नु भएको थियो ।