
सेयरबजार परिसूचक २२.१० अंकले बढेको छ। साताको पहिलो कारोबार दिन नेप्से उक्त अंकले बढेर २०५२.६५ विन्दुमा पुगेको हो। योसँगै बजारमा २ अर्ब ९२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। दिनभरिमा ७० लाख कित्ता मात्र बिक्री भएको हो।
आइतबार १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटाको घटेको छ भने चारवटाको मूल्यमा कुनै परिवर्तन भएको छैन। आजको कारोबारमा विन लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयरमा सकारात्मक सकिृट लागेको छ। अन्य कम्पनीको सेयर ८.७२ प्रतिशतसम्म मात्र बढेको छ।
गुमाउने लगानीकर्ताले आज ७.०६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २२ करोड रुपैयाँको सेयर कारोबार भएको
हो।