हिक्मत बहादुर नेपाली
अछाम श्रावण २७ ।
अछामको कमलबजार नगरपालिका वडा नं ५ कृर्तिपुर स्थित मध्य पहाडी लोकमार्गमा बिनायकबाट गैरीटाँड तर्फ आउदै गरेको अटो दुर्घटना हुँदा दुईजना घाइते भएका छन । आज दिउँसो पौने तीन बजे तिर सु.प.प्र.०१००१ ह. ६२५४ नं. को अटो अनियन्त्रित भई सडकको नालीमा पल्टिन गई अटोमा सवार २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी बताउनु भयो । घाइते हुनेमा मंगलसैन न.पा. १२ चिउरी बस्ने ३१ बर्षिय प्रकाश बि.क. र २६ वर्षिय जीवन विक रहेका छन । घाइते व्यक्तिहरुलाई उपचारको लागि जिल्ला अस्पताल मंगलसैन लगिएको छ । अटो चालक २२ वर्षिय कमल टमटा अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय